४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

भियतनामका नवनियुक्त राष्ट्रपति फूकले लिए सपथ



अ+ अ-

हनोई । भियतनाममा कोरोनाभाइरस महामारी नियन्त्रणमा सफलतापूर्वक भूमिका निर्वाह गर्नु भएका नुएन झुआन फूकले भियतनामको राष्ट्रपतिमा औपचारिक रुपमा सोमबार सपथ लिनु भएको छ ।

भियतनामको पाँच वर्षसम्म प्रधानमन्त्री रहनु भएका ६६ वर्षीय फूकको कार्यकालमा भियतनामको अर्थतन्त्र तिब्र रुपमा विकास भएको थियो । उहाँको सरकारले कोभिड–१९ को नियन्त्रणमा प्राप्त गरेको सफलतालाई देशभित्र र बाहिर निकै प्रशंसा गरिएको थियो ।

सोमबार सम्पन्न गोप्य मतदानमा फूकले ५०० सदस्यीय राष्ट्रिय सभामा धेरै मत प्राप्त गर्नु भएको थियो । भियतनाममा कम्युनिष्ट पार्टीको शासन रहेको छ र यहाँ पार्टीका महासचिव, राष्ट्रपति र प्रधानमन्त्रीमा शासनको बागडोर रहेको छ । महत्वपूर्ण निर्णयहरु १८ सदस्यीय पोलिटब्युरोले गर्ने प्रचलन छ ।

राष्ट्रपति समेत रहनु भएका ७६ वर्षीय नुयेन फू ट्रोङ भियतनाम कम्युनिष्ट पार्टीको महासचिवमा गत जनवरीमा चुनिएपछि राष्ट्रपति पद रिक्त थियो । त्यसपछि फूक राष्ट्रपति पदका एक्ला दाबेदार हुनुहुन्थ्यो ।

सपथ ग्रहणपश्चात नवनियुक्त राष्ट्रपति फूकले आफूले देशको उच्च पदमा रहेर सेवा गर्ने अवसर प्राप्त गरेकामा खुशी व्यक्त गर्नुभयो ।

भियतनामी कम्युनिष्ट पार्टीको पोलिटब्युरो नेताहरुको उमेर सामान्यतया ६५ रहेको छ, तर दुई नेताका लागि उमेरको हदलाई हटाइएको छ । (रासस–एएफपी)