२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कपः पुलिसका कुशल भुर्तेलले बनाए पहिलो शतक



file
अ+ अ-

पोखरा । पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगितामा कुशल भुर्तेलले शतक बनाएका छन् । जारी प्रतियोगितामा नेपाल पुलिस क्लबको तर्फबाट खेलेका उनले आइतबार मधेस प्रदेशविरुद्धको खेलमा शतक बनाएका हुन् । जारी प्रतियोगितामा बनेको यो पहिलो शतक हो ।

ओपनर ब्याट्सम्यान भुर्तेलले ५६ बलमा शतक पुरा गरे । शतक पुरा गरेलगत्तै अर्को बलमा उनी आउट भएका थिए । पेभेलियन फर्किनुअघि कुशल भुर्तेलले ५७ बलको सामना गरी सात छक्का र आठवटा चौका प्रहार गरे ।

अर्का ओपनर सुनिल धमलाले पुलिसका लागि ४५ रनको योगदान गरे । यस्तै, करण केसीले अविजित १६ रन बनाए । उनले पाँच बलमा एक छक्का र दुई चौका प्रहार गरे । कप्तान आरिफ शेख एक बलमा ६ रन बनाउँदै अविजित रहे ।

समूह ‘सी’ अन्तर्गतको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको विभागीय टोली नेपाल पुलिस क्लबले मधेस प्रदेशसमक्ष जितका लागि एक सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।