२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग

प्रधानमन्त्री ओलीले कुर्सी मोहमा आफु संगैका सहकर्मीलाई पाखा लगाए : देवेन्द्रराज कँडेल

प्रधानमन्त्री ओलीले कुर्सी मोहमा आफु संगैका सहकर्मीलाई पाखा लगाए : देवेन्द्रराज कँडेल
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिनुपर्ने धारणा राख्नुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमाबोल्दै सांसद कँडेलले संविधानको धारा ७६ १ अनुसार बनेको सरकारले पार्टी विभाजन पछि संविधान अनुसार नै ३० दिन भित्र विश्वासको मत लिनुपर्ने तर्क गर्नुभएको हो ।

संविधानको धारा १ सयको २ मा पार्टी विभाजन भएको वा  सरकारमा संलग्न भएको दलले विश्वासको मत फिर्ता लिएको अवस्थामा ३० दिन भित्र प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको उल्लेख गर्दे “समर्थन फिर्ता लिनु ”भन्न नमिल्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “संविधानको धारा १ सय को उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिन भित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्छ । आजै ३० दिन हुदैछ । म प्रश्न गर्न चाहन्छु । दल विभाजित भयो । एमालेले हिजो समर्थन लिएको होइन । विश्वासको मत लिएको होइन । यो अवस्थामा हामी एमालेलाई चिन्दैनौ । त्यसकारण विश्वासको मत लिने कि नलिने ? उहाँ पन्छिन पाउनुहुन्न । विश्वासको मत फिर्ता लिए हुन्छ भनेर भन्न पाइन्न ।”

प्रधानमन्त्री ओलीले कुर्सी मोहका कारण आफु संगैका सहकर्मीलाई पाखा लगाएको र पार्टी एकिकरणलाई असफल पारेको दाबी उहाँले गर्नुभयो । २०७४ सालको प्रदेश र संघको निर्वाचनका क्रममा तात्किान एमाले अध्यक्ष केपी शर्मा ओलीले  गोर्खाके पालुङटारमा सम्बोधन गर्ने क्रममा आफ्ना सभापतिलाई कांग्रेसको तर्फबाट अन्तिम प्रधानमन्त्री भनेको प्रसंग उल्लेख गर्दे उहाँले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरुबाट एमालेको अन्तिम प्रधानमन्त्री पनि केपी ओली नै हुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो “२०७४ सालको प्रदेश र संघको निर्वाचनका क्रममा तात्किान एमाले अध्यक्ष केपी शर्मा ओलीले  गोर्खाको पालुङटारमा आमसभालाई सम्बोधन गर्न जानुभयो । उहाँले व्यक्त गरेका अभिव्यक्तिहरु उहाँकै शब्दमा म भन्न चाहन्छु – म भन्दिन चाहन्छु नेपालको इतिहासमा नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री शेर बहादुर देउवा हो ।

मिति तोकिदिन पर्छ भने तोकिदिन्छु । २०७४ साल पुस महिना सम्म नेपाली कांग्रेसको प्रधानमन्त्री रहन्छ । र नेपाली कांग्रेसको यस देशमा प्रधानमन्त्री शेर बहादुर देउवा अन्तिम हुन्छन् । नेपाली कांग्रेसका कार्यकर्ता साथीहरुप्रति समवेदना व्यक्त गर्न चाहन्छु भनेर उहाँको अभिव्यक्ति थियो । जसरी उहाँले गोर्खामा भन्नुभयो, त्यहि शब्दमा भन्ने हो भने यदि स्थिति यही रह्यो भने सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन् । त्यसपछि अघि बढ्न सक्तैन ।”प्रधानमन्त्री ओली समुहका सांसद गोकुल  बास्कोटा बोलेलगत्तै बोलेका सांसद कँडेलले बास्कोटालाई व्यंग्य गर्दे भन्नुभयो “जस्ता गुरु त्यस्ता चेला म त्येतातिर जान चाहन्नँ ।”