• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही… ★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

मिश्रको आग्रह: विष्फोट हुनु अगाबै नवीनसमझदारी मा जाऔँ



फाईल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बर्तमान समयमा २०४६ र २०६२/६३ सालको आन्दोलनको झल्को आइरहेको जनाउनु भएको छ ।

अन्य सँगसँगै, राप्रपाका जिम्मेवारी साथीहरू र सर्वसाधारणहरू लाई सरकारले पक्राउ गरेकोमा आपत्ति जनाउदै मिश्रले गिरफ्तारी, नजरबन्द, निषेधित क्षेत्र, निषेधाज्ञाले न २०४६ सालमा पञ्चायत बचाउन सक्यो न २०६२र६३ सालमा राजाको शासन बचाउन सक्यो भन्ने कुरा स्मरण गराउनु भएको छ ।

कतिपय नितान्त असम्वन्धित ठाऊँहरूबाट पक्राउ गर्रिको भन्दै उहाँले सबैलाई तुरून्त रिहा गरियोस् गर्न माग गर्नुभएको छ ।

उहाँले लेख्नु भएको छ –

१) अन्य सँगसँगै, राप्रपाका जिम्मेवारी साथीहरू र सर्वसाधारणहरू पक्राउ परिरहेछन्। त्यो पनि कतिपय नितान्त असम्वन्धित ठाऊँहरूबाट। सबैलाई तुरून्त रिहा गरियोस्। गैरकानूनी गिरफ्तारीहरूको घोर भत्सर्ना गर्दछु।
२) बाहिर कारणहरू नभएका होइनन्, तर गिरफ्तारी, नजरबन्द, निषेधित क्षेत्र, निषेधाज्ञाले न २०४६ सालमा पञ्चायत बचाउन सक्यो न २०६२/६३ सालमा राजाको शासन बचाउन सक्यो।
३) यो देशको चरम भूराजनीतिक र आन्तरिक संवेदनशीलताका कारण गणतन्त्र यो देशको लागि घातक छ। यसले धेरै वर्षसम्म असर पर्ने गरी समाजको पत्र-पत्रलाई पतित बनाइसक्यो।
४) गणतन्त्र हाँक्नेहरू त सत्यानाशी छँदै थिए। डरलाग्दो कुरा, ती भन्दा बढी सत्यानाशी गणतन्त्र जसरी पनि जोगाऊँ भन्ने नागरिक समाजका अगुवाहरू देखिँदैछन्, जसलाई यो देश ‘ध्वंस’ नै नभइकन जीवनमा खासै असर पर्दै पर्दैन।
५) मेरो आग्रह: अब गणतन्त्र हाँक्ने र त्यसको बचाउ गर्नेहरूले गणतन्त्र घिसार्ने प्रयास नगर्नुहोस्। यसको परिणाम सुखद हुनेछैन।
६) राजा ल्याउँदैमा सबै राम्रो हुन्छ त? भन्नुहोला। राजा आएपछि पनि नेताहरूले ५०० वटा गल्ती गर्दा राजाबाट ५ वटा गल्ती हुन्छ। संसारभरी नै भएका छन्। तर गल्ती भयो भन्दैमा एकले अर्कोलाई निषेध गर्न खोज्ने हो भने, यो देशकै भविष्य संकटमा पर्नेछ। संकटमा पर्ने प्रशस्त संकेतहरू देखिन थालिसकेका छन्।
७) आज नभए भोली, भोली नभए पर्सी अवस्था विष्फोट हुन्छ-हुन्छ। त्यस्तो हुनु अगाबै शान्तिपूर्णसंक्रमण मार्फत नवीनसमझदारी मा जाऔँ। व्यक्तिगत विचारका खातिर देशलाई र देशका बहूसंख्यक विपन्न जनताको भविष्य संकटमा नपारौँ।