७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

‘नेपाल संवत् मुलुकको गौरव’

‘नेपाल संवत् मुलुकको गौरव’
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको मौलिक संवत्का रूपमा नेपाल संवत् स्थापित भएको बताउनुभएको छ ।

नेपाल संवत् मूल समारोह समितिद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले हरेक राष्ट्रको मौलिक संवत् प्रचलनमा रहेको सन्दर्भमा नेपाल संवत् पनि नेपालको मौलिक संवत् भएको बताउनुभयो ।

विसं २०६५ मा आफू नेतृत्वको सरकारले नै नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको स्मरण गर्दै प्रधानमन्त्रीले त्यसका लागि वाम अधिकारकर्मी पद्मरत्न तुलाधर र कवि दुर्गालाल श्रेष्ठको महत्त्वपूर्ण योगदान भएको बताउनुभयो । श्रेष्ठ र तुलाधारले नेपाल संवत् तर्क र तथ्यसहित राष्ट्रिय संवत् हो भनेर ज्ञान दिनुभएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

केही दिनअघिको मन्त्रिपरिषद्को बैठकले नेपाल संवत्लाई सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय गरेको थियो । त्यसका लागि उत्प्रेरित गर्ने सबैलाई प्रधानमन्त्रीले धन्यवाद दिनुभयो । “यो हाम्रो संवत् हो सामाजिक न्यायसँग जोडिएको संवत् हो । सरकारी दस्तावेजमा उल्लेख गर्न नेवार समुदायको भूमिका महत्त्वपूर्ण छ ।”

नेपाल संवत् नेवार समुदायको मात्रै नभई प्रत्येक नेपालीको भएको प्रधानमन्त्रीले बताउनुभयो । “यसमा गर्व गर्नुपर्छ । मौलिक संवत्को रूपमा स्थापित गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएको वास्तविकता प्रस्तुत गर्दै प्रधानमन्त्रीले सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनाले ओतप्रोत नेपाल संवत्ल ‘सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली।।।’ पनि सोही भावनालाई मुखरित गरेको बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत विगतमा उत्पीडनमा रहेका समुदायले केही अधिकार प्राप्त गरेका उल्लेख गर्दै प्रधानमन्त्रीले ठूलो त्याग र बलिदानबाट ती उपलब्धि भएका बताउनुभयो ।

नेपाली जनताले ७० वर्ष लामो आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई थप स्थापित गरेर जानुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिनुभयो ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको आन्दोलनबाट प्राप्त अधिकारलाई संस्थागत गर्दै अगाडि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो । “सम्पूर्ण दल सचेत भएर अगाडि बढ्नुपर्छ, संविधानको भावना र मर्मलाई बुझेर कार्यान्वयन गर्न जुट्नुपर्छ”, उहाँले भन्नुभयो ।

अधिकारकर्मी मल्लके सुन्दरले नेपाल संवत्सम्बन्धी समाचार प्रकाशन गर्न नदिएर राजतन्त्रले जनतामाथि ज्यादती गरेको आरोप लगाउनुभयो ।

मन्त्रिपरिषद्बाट एकमतबाट गराउनुभएको नेपाल संवत्लाई सबै सरकारी दस्तावेजमा उल्लेख गर्ने निर्णय ऐतिहासिक भएको बताउँदै पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले त्यसको स्वागत गर्नुभयो बताउनुभयो ।

पूर्वमन्त्री जीवनराम श्रेष्ठले गणतन्त्रअघिका राज्य व्यवस्थाले जनतालाई अधिकार नदिएर दमन गरेको उल्लेख गर्दै प्रजातन्त्रको पुनःस्थापना र गणतन्त्रपछि मात्रै जनताले वस्ताविक अधिकार उपयोग गर्न पाएका बताउनुभयो ।

पूर्वमन्त्री भीमसेनदास प्रधानले जनताको सङ्घर्षको बलमा समावेशी, समानुपातिक, धार्मिक स्वतन्त्रतासहितको धर्मनिपेक्षतालगायत उपलब्धि प्राप्त भएको जनाउँदै प्राप्त उपलब्धिको रक्षार्थ सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । रासस