४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन विदेशमन्त्रीमा नियुक्त



डेभिड क्यामरून (फाइल)
अ+ अ-

बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गर्नुभएको छ । योसँगै पूर्वप्रधानमन्त्री क्यामरुन आश्चर्यजनकरूमा अग्रपङ्क्तिको राजनीतिमा आउनुभएको छ ।

ब्रेक्जिट जनमत सङ्ग्रहमा पराजित भएपछि प्रधानमन्त्री पद छाड्नुभन्दा अघि उहाँ सन् २०१० देखि सन् २०१६ सम्म बेलायतको प्रधानमन्त्री हुनुहुन्थ्यो ।

त्यसैगरी प्रधानमन्त्री सुनकले जेम्स क्लेभर्लीलाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ । सुनकले सोमबार सुएला ब्रेभरम्यानलाई गृहमन्त्रीबाट पदमुक्त गर्नु भएको थियो ।

सत्ता सम्हालेको करिब १३ महिनापछि प्रधानमन्त्री सुनकको यो सबैभन्दा ठूलो फेरबदल हो ।

आलोचकहरूले ब्रेभरम्यानमाथि बेलायतमा प्यालेस्टिनी समर्थकको प्रदर्शन र प्रति–विरोधका क्रममा तनाव बढाएको आरोप लगाएका थिए । उक्त आरोपसँगै स्पष्टवादी दक्षिणपन्थी नेत्री ब्रेभरम्यानलाई हटाउन प्रधानमन्त्री सुनकमाथि दबाब बढेको थियो ।

आफ्नो बर्खास्तपछि ब्रेभरम्यानले भन्नुभयो, “गृहमन्त्रीका रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य हो ।”

सत्तारूढ कन्जरभेटिभहरूले सुनकबाट शीर्ष मन्त्रीहरूमो ठूलो फेरबदल हुँदैछ भन्ने पुष्टि गरेपछि मन्त्रिमण्डल पुनर्गठन भएको हो । सन् २०२२ अक्टोबरमा प्रधानमन्त्री बनेपछि सुनकको यो पहिलो पुनर्गठन हो ।

करिब १४ वर्षदेखि सुनकको दल टोरीज सत्तामा छ ।

सुनक प्रधानमन्त्री भएपछि हालै गरिएका जनमत सर्वेक्षणमा सुनकको दल प्रमुख प्रतिपक्षी लेबर पार्टीसँग दोहोरो अङ्कको अन्तरले पछाडि परेको छ र अर्को वर्ष हुने निर्वाचनमा पराजित हुने व्यापक अनुमान गरिएको छ ।