७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

भूकम्प प्रभावित क्षेत्रमा एमालेले एक हजार स्वयंसेवक परिचालन गर्ने

भूकम्प प्रभावित क्षेत्रमा एमालेले एक हजार स्वयंसेवक परिचालन गर्ने
file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले जाजरकोट केन्द्र भाग भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने भएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले मंसीर १ गतेदेखि एक हजार स्वयंसेवक परिचालन गरी हजारौं अस्थायी घर टहरा भूकम्प पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो । उनीहरुले करोडौं मूल्य बराबरको श्रमदान गर्नेगरी सो कामको संयोजन भने जिम्मेवारी भने पार्टीको कर्णाली प्रदेश कमिटीलाई दिने निर्णय पनि गरिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली जानकारी दिनुभयो । त्यसैगरी एमालेले राहत वितरणको कामलाई पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ । राहत वितरणमा राजनीतिककरण भइरहेको निष्कर्ष निकाल्दै एमालेले त्यसो नगर्न पनि सरकारलाई भनेको उपमहासचिव ज्ञवालीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको १७ गतेको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । ज्यान गुमाउने १५३ जनाप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ । ३६४ जना जो घाइते हुनुभएको छ । उहाँहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । र, झन्डै ३४ हजार घरहरु आंशिक र पूर्ण रुपमा जुन क्षति भएका छन । यसप्रति हामी अत्यन्तै संवेदनशील छौं । यो भूकम्पमा घरबार गुमाएकाहरुको अस्थायी आवास निर्माणका लागि हामीले तपाईहरुलाई सम्झनै छ । २०७२ मा विनाशकारी भूकम्पपछि ५० हजार स्वमयसेवकहरु परिचालन गरेका थियौं । र, ३ महिनाको बीचमा हामीले २७ हजार घर, टहराहरु बनाएर हस्तान्तरण गरेका थियौँ ।

यही लेवलमा एक हजार स्वयंसेवकहरु मंसिर १ गतेदेखि त्यहाँ खटिनु हुनेछ । हामीले पाँच हजार कार्यदिन भन्दा बढी त्यहाँ खटने छौं । एक करोड भन्दा बढि मूल्यको चाहीँ हामीले श्रम गर्नेछौं । र, हजारौं टहराहरु बनाएर नागरिकहरुलाई अस्थायी तर न्यानो घरमा चाहीँ बसाएर हामी फर्कनेछौं । मंसीर १ गतेदेखि त्यो अभियान चलाउँछौं । यो कामको संयोजन चाहीँ पार्टीको कर्णाली प्रदेश कमिटीले गर्नेछ । र, हामीले सरकारसँग माग गरेका छौं ।

यो राहत संकलन भएर पनि प्रभावकारी ढंगले वितरण नभईरहेको, राहत एक ठाउँमा डम्प भएको, तर पीडितहरुले नपाएको, उनीहरु चिसोमा भोकभोकै सुत्न बाध्य भएको, कतिपय ठाउँमा त्यसका पनि राजनीतिकरण भएको र पछिल्लो समय त एक खालको विपद पर्यटन जस्तो, विपद् हेर्न जाने र सेल्फी खिच्ने जस्तो कतिपय कुराहरु भएका छन् । यसमा गम्भिर हुन र पारदर्शी, निष्पक्ष र प्रभावकारी ढंगले राहत वितरणका लागि सरकारलाई ध्यानाकर्षण पनि गराएका छौं ।’

एमालेले विपद्का बेला भूकम्प प्रभावित क्षेत्रलाई सेल्फी खिच्ने ठाउँको जस्तो व्यवहार नगर्न पनि सम्बन्धित व्यक्ति तथा पक्षलाई सचेत गराएको छ ।