२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान राजनीतिक व्यवस्था जोगाउन एकता र सहकार्यको आवश्यकता छः अध्यक्ष नेपाल



file-photo
अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक व्यवस्था जोगाउनका लागि पार्टीहरुका बिचमा एकता र आपसी सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलवार सर्वदलीय बैठकमा सहभागी भएर निस्किने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले वर्तमान राजनीतिक व्यवस्थालाई जोगाउनका लागि पार्टीहरुका बीचमा आपसी सहकार्य र एकता आवश्यक रहेको बताउनुभएको हो । उहाँले जनजीविकाको सवालमा पार्टीहरुले देश र जनताको हितलाई सर्वोपरी राखेर अगाडी बढ्नुपर्ने बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तनको आवश्यक नभएको पनि बताउनु भयो । उहाँले वर्तमान व्यवस्थामा सुधारको भने खाँचो रहेको औँल्याउनु भयो ।

उहाँले भन्नुभयो – ‘त्यतिखेर हामीले जुन मान्यता अगाडी सारेका थियौँ, त्यो मान्यता अनुरुप अगाडी बढ्यौँ । जनताको सहयोग, समर्थन, अनुमोदन पनि रह्यो । संविधान निर्माण ग¥यौँ । व्यवस्थालाई परिवर्तन ग¥यौँ । गणतन्त्र ल्यायौँ । संघीयताको स्थापना ग¥यौँ । यि सबै कुराहरुको सन्दर्भमा यि सबै कुराहरु जनअनुमोदित भइसकेका छन् । त्यस हुनाले जनताको समर्थन र जनताको विश्वास प्राप्त गरेको यो व्यवस्थाको बारेमा अरु हिसाबले कसैले केही भन्न बित्तिकै यसको पछि लाग्ने कुरा आउँदैन । पार्टीहरुको बिचमा एकता र आपसी सहकार्यको आवश्यकता छ ।

व्यवस्थाको सवालमा होस् । चाहे जनताको पीडा र वेदनाको सवालमा होस् । जनताको जनजिविकाको समस्यालाई हल गर्ने कुरामा होस् । यि सबै कुरामा पार्टीहरुले देश र जनताको हितलाई सर्वोपरी राखेर अगाडी बढ्नुपर्छ भन्दै अहिलेपनि यस विषयमा हाम्रो धारणामा कुनै भिन्नता हुनु हुँदैन भनेर हाम्रो पार्टीको पुरै साथ, सहयोग रहने छ यो संविधान, व्यवस्था, संघीयताप्रति । व्यवस्था परिवर्तनको आवश्यकता छैन । व्यवस्था सुधारको आवश्यकता छ । व्यवस्था र अवस्थाको बारेमा मान्छेहरुको जुन भाष्य छ, त्यो भाष्य उपयुक्त होइन । व्यवस्थामा पनि सुधार गर्नुपर्छ ।’

उहाँले देशमा भ्रष्टाचार, विकृति र विसंगतिहरुको अन्त्य गर्दै जनताको अवस्थामा पनि आमुल परिवर्तन गर्नुपर्ने बताउनु भयो । उहाँले शान्ति प्रक्रियालाई छिट्टै निष्कर्षमा पु¥याउनुपर्ने बताउनु भयो ।