२२ मंसिर २०८२, सोमबार
,
Latest
पार्टीमा नीति होइन, नेता प्रदान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौँः युवराज ज्ञवाली पार्टीबाट बिदा लिएमात्रै केपी ओलीको सम्मान बढ्छः कर्ण थापा डिशहोमको एआई ‘खुसी’ सार्वजनिक तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी गोवाको क्लबमा भएको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना: तीस प्रतिशत भौतिक प्रगति चालक हत्या प्रकरणमा सात जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीको ४९ औं शतक हेर्न टिभि र मोबाइलमा झुम्मिएका थिए दर्शक, तोडियो रेकर्ड



अ+ अ-

एजेन्सी । विश्वकप २०२३ को ३७ औँ खेल भारत र दक्षिण अफ्रिकाबीच कोलकाताको इडेन गार्डेन क्रिकेट स्टेडियममा भएको थियो । फ्यानहरु यो खेलको प्रतिक्षामा थिए ।

किनभने, यस प्रतियोगितामा दुवै टोली उत्कृष्ट लयमा थिए र यो तालिकाको शीर्ष स्थानमा रहने लडाइँ थियो । खेलका क्रममा पूरै रंगशाला दर्शकले खचाखच भरिएको थियो । यस खेलको क्रेज मैदानमा जारी रहँदा, रेकर्ड संख्यामा मानिसहरूले यो महान् खेल अनलाइन ओटीटी प्लेटफर्ममा समेत प्रत्यक्ष हेरेका थिए । विश्वकपको यो खेलले दर्शकको पुरानो रेकर्ड तोड्यो ।

भारत–दक्षिण अफ्रिकाको खेल एकै पटक हटस्टारमा ४.४ करोड मानिसले हेरे । विराट कोहलीले एकदिवसीय क्रिकेटमा आफ्नो ४९ औं शतक पूरा गर्दा दर्शकको संख्या सबैभन्दा बढी थियो । यो समयमा सबै दर्शकको रेकर्ड तोडियो ।

भारत–दक्षिण अफ्रिकाबीचको खेलमा भारत–न्युजिल्याण्ड म्याचको कीर्तिमान तोडिएको छ । यस टूर्नामेन्टमा भारत र न्युजिल्यान्डबीचको खेल हटस्टारमा ४.३ करोड मानिसले एकै साथ हेरेका थिए । यसअघि १४ अक्टोबरमा भारत–पाकिस्तान खेल ३.५ करोड मानिसले हेरेका थिए ।

भारतले दक्षिण अफ्रिकालाई २४३ रनले पराजित गर्यो । योसँगै टीम इन्डियाको अपराजित यात्रा जारी छ । लगातार आठ जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको भारत अब शीर्ष स्थानमै रहेर अन्तिम चारमा पुग्ने भएको छ ।