२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप एसिया छनोटः नेपाल र ओमान सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा मलेसियालाई हराउँदै नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ ।

नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जितसहित सेमिफाइनलमा स्थान बनाएको हो । यो नतिजासँगै समूह ए बाट नेपालसँगै सेमिफाइनल पुग्ने अर्को टोली ओमान बनेको छ ।

पराजयसँगै सिंगापुर र मलेसिया भने प्रतियोगिताबाट बाहिरिएका छन् । बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेता टुंगो लाग्न खेल हुनेछ ।

नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यो छनोटबाट फाइनलमा पुग्ने दुई टोली आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन् ।