१ पुष २०८२, मंगलवार
,
Latest
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप एसिया छनोटः नेपाल र ओमान सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा मलेसियालाई हराउँदै नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ ।

नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जितसहित सेमिफाइनलमा स्थान बनाएको हो । यो नतिजासँगै समूह ए बाट नेपालसँगै सेमिफाइनल पुग्ने अर्को टोली ओमान बनेको छ ।

पराजयसँगै सिंगापुर र मलेसिया भने प्रतियोगिताबाट बाहिरिएका छन् । बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेता टुंगो लाग्न खेल हुनेछ ।

नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यो छनोटबाट फाइनलमा पुग्ने दुई टोली आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन् ।