१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

काश्मिरका विषयमा छलफल



अ+ अ-

काठमाडौँ : यहाँस्थित पाकिस्तानी दूतावासले लामो समयदेखि विवादमा रहेको काश्मिरका विषयमा आज छलफल गरेको छ । दूतावासमा भएको छलफलमा विश्लेषक, विद्धान, प्रतिष्ठित पत्रकारलगायतको उपस्थिति थियो ।

छलफलका क्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रममन्त्रीको सन्देश पढेर सुनाइएको थियो । राष्ट्रपति आरिफ अल्वीले आफ्नो सन्देशमा आत्मनिर्णयको अधिकारका लागि न्यायसङ्गत सङ्घर्षमा क्रममा ज्यान गुमाउने काश्मिरीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले मानव अधिकार उल्लङ्घन र त्यहाँका जनतालाई आर्थिक, राजनीतिक र भूमिसम्बन्धी अधिकारलगायतका विषयमा चर्चा गर्नुभएको थियो ।

प्रधानमन्त्री अनवर उल हकले आफ्नो सन्देशमा काश्मिरीहरुलाई पाकिस्तानको पूर्ण साथ र समर्थन रहेको भन्दै काश्मिरी जनताको वैधानिक र आत्मनिर्णयको अधिकार प्राप्ति नभएसम्म पाकिस्तानको ऐक्यबद्धता रहेको स्पष्ट पार्नुभयो । उहाँले काश्मिरमा अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय संस्था, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको पहुँच हुनुपर्नेमा जोड दिनुभयो ।

पाकिस्तानका परराष्ट्रमन्त्री जलिल अब्बास जिलानीले आफ्नो सन्देशमा काश्मिर लडाइँमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । नेपालका लागि पाकिस्तानका कार्यबाहक राजदूत उमेर अलीले काश्मिरमा लामो समयदेखि चलिरहेको विवाद र संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का विभिन्न प्रस्तावका विषयमा चर्चा गर्नुभएको थियो ।