आइसिसी विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिका र पाकिस्तान बीचको खेल भारतको चेन्नईमा सुरु भएको छ ।
टस जितेर ब्याटिङ गर्न थालेको पाकिस्तानले दुबै ओपनर गुमाइ सकेको छ ।
यस विश्वकपमा फर्ममा देखिएको अफ्रिकाले पाकिस्तानी ओपनरहरु अब्दुल्लाह शफिकलाई ९ र इमाम–उल हकलाई १२ रनमा आउट गरेको छ ।
अहिले क्रिजमा कप्तान बाबर आजम २२ र मोहम्मद रिजवान १९ रन बनाएर खेलिरहेका छन् ।
ताजा स्थितिमा पाकिस्तानले १२ ओभरमा २ विकेट गुमाएर ७० रन बनाएको छ ।
यस विश्वकपमा पाकिस्तानको ५ खेलबाट ४ अंक छ भने दक्षिण अफ्रिकाको ५ खेलबाट ८ अंक छ ।