२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गाजाको अस्पतालमा भएको आक्रमणमा कम्तीमा ४७१ जनाको मृत्यु ’



अ+ अ-

एजेन्सी । गाजाको एक अस्पतालमा भएको आक्रमणमा परी कम्तीमा ४७१ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएको गाजास्थित हमासनियन्त्रित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

“ब्याप्टिस्ट अस्पतालभित्र इजरायलीद्वारा गरिएको सबैभन्दा ठूलो र सबैभन्दा हिंसात्मक नरसंहारमा मृत्यु हुनेको सङ्ख्या ४७१ पुगेको छ, र २८ जनाको अवस्था गम्भीर छ, साथै, ३१४ जना घाइते भएका छन्,“ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि भ्रमणको पूर्वसन्ध्यामा गाजाको एक अस्पतालमा भएको आक्रमणमा २०० देखि ३०० जनाको मृत्यु भएको हुनसक्ने हमास नियन्त्रित गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले बताएका थिए । उनीहरूले आक्रमणका लागि इजरायललाई दोषी ठहराएका छन् ।

आक्रमणले अरब विश्वमा आक्रोश फैलाएको छ ।

इजरायल र प्यालेस्टाइनी लडाकूसमूहले मङ्गलबार उक्त केन्द्रमा भएको आक्रमणका लागि एकअर्कालाई दोषारोपण गर्दै आएका छन् ।