६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाविरुद्ध अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोज्यो



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ अन्तर्गत आज बिहीबार अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । रत्न श्री अटल बिहारी वाजपेयी एकना स्टेडियम, लखनउमा हुन गइरहेको खेलमा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेको छ ।

विश्वकपमा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा अस्ट्रेलिया भारतसँग ६ विकेटले पराजित भएको थियो । जहाँ दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनको ठूलो अन्तरले पराजित गरेको थियो । विश्वकपअघि अस्ट्रेलियाली टोलीले दक्षिण अफ्रिकासँग शृङ्खला हारेको थियो ।

हेड टु हेड
एकदिवसीय विश्वकपमा हालसम्म यी दुई टोलीबीच ६ खेल भएका छन् । अष्ट्रेलियाले तीन पटक र दक्षिण अफ्रिकाले दुई पटक खेल जितेका छन् । एक खेल बराबरी भएको थियो । समग्रमा हेड टु हेडको कुरा गर्ने हो भने दुई टोलीबीच हालसम्म जम्मा १०८ ओडीआई खेलिएको छ । अस्ट्रेलियाले ५० र दक्षिण अफ्रिकाले ५५ खेल जितेको छ । तीन खेलको बराबरी र एक खेल अनिर्णित रह्यो ।

दक्षिण अफ्रिकाले पछिल्ला ५ मध्ये अन्तिम चार खेल लगातार जितेको छ । एकमा हार बेहोरेको छ । यदि टोलीले आज जित्यो भने यो उसको लगातार पाँचौं जित हुनेछ । ब्याटिङको कुरा गर्ने हो भने २०२३ मा दक्षिण अफ्रिकाका लागि एडेन मार्कराम अहिलेसम्म सर्वाधिक रन स्कोरर (१२ खेलमा ६८३ रन)बनेका छन् । बलिङमा मार्को जान्सन (१२ खेलमा १८ विकेट)टिममा शीर्ष स्थानमा छन् ।

अष्ट्रेलियाले पछिल्लो पाँच खेलमध्ये एउटा मात्र जितेको छ भने बाँकी खेलमा हार बेहोरेको छ । यो वर्ष अस्ट्रेलियाका लागि मार्नस लाबुसचेनले (१२ खेलमा ४९१ रन) सबैभन्दा धेरै रन बनाएका छन् । उनले शतक पनि बनाए । बलिङमा एडम जाम्पाले (१० खेलमा १५ विकेट) राम्रो बलिङ गरेका छन् ।

कस्तो छ पिच ?
एकना स्टेडियमको विकेटमा स्पिनरहरूले सहयोग पाइरहेका छन् । यहाँ अहिलेसम्म ४ ओडिआई खेलिएको छ । पहिले ब्याटिङ गर्ने टोलीले २ खेल जितेको छ भने पहिले बलिङ गर्ने टोलीले पनि २ खेल जितेको छ । पहिलो इनिङ्सको औसत कुल २२० रन रहेको छ । साँझपख यहाँ शीत पर्ने हुनाले बल समात्न समस्या हुने गरेको छ ।

मौसम कस्तो रहनेछ ?
आज लखनउमा पानी पर्ने सम्भावना छैन । त्यसकारण, तपाईले दुई शक्तिशाली टोलीहरू बीचको रोमाञ्चक खेलको आशा गर्न सक्नुहुन्छ । आर्द्रता लगभग ४३ प्रतिशत हुनेछ । यस अवधिमा हावाको गति १० किलोमिटर प्रतिघण्टा रहनेछ । यसको मतलब आर्द्रता बढी हुने र हावाको गति कम हुने भएकाले खेलाडीहरू पसिनाले भिजेका देखिनेछन् ।