२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र चीनको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फर्किदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किदै हुनहुन्छ । आठ दिनको चीन भ्रमण सकेर प्रधानमन्त्री दाहाल चीनको छेन्दुबाट स्वदेश फर्कनु लाग्नु भएको हाे ।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका जानुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उहाँले सम्बोधन गर्नुभएको थियो । न्युयोर्कमा रहँदा उनले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नुका साथै अन्य द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहालल छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते अमेरिकाबाट सिधै चिन पुग्नु भएको थियो । दक्षिण एसियाली खेलकुद उद्घाटन समारोहमासमेत सहभागिता जनाउन चीन पुग्नु भएका दाहालले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभयो ।

तस्बिरः प्रदीपराज वन्त