२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाली खेलकुद: तेक्वान्दोमा नेपाल पदकविहीन, ब्याडमिन्टनमा विजयी सुरुआत



अ+ अ-

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत तेक्वान्दोमा नेपाल पदकविहीन बनेको छ । आज भएको ८० किलो माथिको तौल समूहमा नेपालका ज्याकी यादव जोर्डनका खेलाडीसित पराजित भए । उनी २–० अंकले पराजित भएका हुन् । यादवको पराजयसँगै नेपाल सर्वाधिक आश गरिएको तेक्वान्दोमा पदकविहीन बन्न पुगेको हो ।

तेक्वान्दोबाट ११ खेलाडी सहभागी भएका थिए । यसअघि ४९ किलो तौल समूहमा अन्जली तामाङ र ६३ किलो तौल समूहमा गोविन्द आले पराजित भएका थिए । सन् २००६ पछि नेपालले तेक्वान्दोमा पदक जित्न सकेको छैन । त्यसअघि भने नेपालले एसियली खेलकुदमा तेक्वान्दोबाट एक रजत र १३ कास्य प्राप्त गरेको थियो । ।

ब्याडमिन्टनमा पुरुष टोलीको विजयी सुरूआत

१९औँ एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको टिम इभेन्ट्समा नेपालको पुरूष टोलीले विजयी सुरुआत गरेको छ। नेपालले मङ्गोलियालाई ३–१ सेटले पराजित गरेको हो । प्रिन्स दाहाल र सुनिल जोशीको जोडी विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

विष्णु कटुवाल र प्रिन्स दाहालको जोडी पुरुष डबल्समा पनि विजयी भएको छ । महिला टिम इभेन्टस्मा भने नेपाल माल्दिभ्ससित ३–१ सेटले पराजित भएको छ । महिला डबल्समा नेपालकी रसिला महर्जन र अनुमाया राईको जोडी पराजित भयो। रासस