६ आश्विन २०८१, आईतवार
,
Latest
नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप विशेषः रोहित र विराटसँग एकदिवसीयमा २५० भन्दा बढी खेलको अनुभव



अ+ अ-

एजेन्सी । रोहित एण्ड कम्पनी (भारतीय क्रिकेट टिम) अक्टोबर ५ देखि हुने एकदिवसीय विश्वकपका लागि तयार छ । छनोट समितिले प्रतियोगिताको एक महिनाअघि सेप्टेम्बर ५ मा १५ सदस्यीय टोली घोषणा गरेको थियो जसमा ७ ब्याट्सम्यान, ४ अलराउण्डर र ४ बलर छन् ।

यो परिवर्तनको सम्भावना कम देखिन्छ । भारतीय ब्रिगेडलाई हेर्दा यसमा अनुभव र युवाको राम्रो मिश्रण छ । भारतीय टोलीमा कप्तान रोहित शर्मा र विराट कोहलीसँग २५० भन्दा बढी एकदिवसीय खेलेको अनुभव छ । दुवैले आफ्नो नाममा १० हजारभन्दा बढी रन बनाएका छन् ।

१३ औं एकदिवसीय विश्वकपसम्म आईपुग्दासम्म जम्मा दुई जना ब्याट्सम्यान छन् जसले १० हजार रन पूरा गरेका छन् । साथै भारतीय ब्याट्सम्यानहरू शतक प्रहारमा अन्य सबै टोलीभन्दा अगाडि छन् ।

सन् २०१० पछिको रेकर्ड हेर्दा भारतीय ब्याट्सम्यानले सर्वाधिक १४२ शतक बनाएका छन् । दक्षिण अफ्रिका १११ शतकसहित दोस्रो स्थानमा छ । भारतका शुभमन गिल, इशान किशन र केएल राहुलले दोहोरो शतक बनाएका छन् ।

योसँगै बलिङमा हालको टोलीमा समावेश भारतका चार बलरले १०० भन्दा बढी विकेट लिएका छन् । विश्वकपमा सहभागी टोलीमध्ये अष्ट्रेलिया मात्र एक यस्तो टोली हो जसका चार बलरसँग यति धेरै अनुभव छ । पाकिस्तानसँग भने त्यस्तो अनुभवी बलर छैन ।

रोहित शर्माः
– एकदिवसीय क्रिकेटमा ३ दोहोरो शतक बनाउने विश्वका एकमात्र ब्याट्सम्यान हुन्

– २००६ मा, उनले देवधर ट्रफी मार्फत घरेलु क्रिकेटमा प्रवेश गरे । उनको यो तेस्रो विश्वकप हो ।

– २५० एकदिवसीय खेलमा ४८.६९ को औसतमा १००३१ रन । ३० शतक, ५१ अर्धशतक ।

– उच्चतम स्कोर २६४ रन, जुन एक कीर्तिमान हो । एकदिवसीयमा ३ दोहोरो शतक बनाउने एकमात्र ब्याट्सम्यान । अर्को कीर्तिमान (२८६ छक्का) ।

विराट कोहलीः
– यसपटक विश्वकप खेल्ने सबै खेलाडीमध्ये सर्वाधिक रन विराटले बनाएका छन् ।

– सन् २००६ मा रणजी डेब्यू गरेका कोहली हालको विश्वकपमा सबैभन्दा अनुभवी भारतीय खेलाडी हुन् । यो उनको चौथो विश्वकप हुनेछ ।

– २८९ एकदिवसीय खेलमा १३०२७ रन, जसमा ४७ शतक, ६५ अर्धशतक सहित ।

– सबैभन्दा बढी स्कोर १८३ । यो पटक विश्वकप खेल्ने खेलाडीमा सबैभन्दा धेरै रन, शतक र अर्धशतकको कीर्तिमान उनीसँग छ ।