७ भाद्र २०८३, आईतवार
,
Latest
विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ नाडा अटो शोको तयारी तीव्र, भृकुटीमण्डपमा स्टल निर्माणको चटारो नीतिगत अस्पष्टता र अव्यावहारिक मापदण्डले प्राङ्गारिक मल उद्योग संकटमा गरिमा हत्या प्रकरणमा कानूनमन्त्री गौतमको आग्रह : ‘मिडिया ट्रायल नगरौँ, न्यायको प्रक्रिया नबिगारौँ’ कानून रातारात बन्दैन,अनुसन्धान नाराले पूरा हुँदैन, न्याय आक्रोशले मात्र प्राप्त हुँदैन च्यातिएका म्याटमा अभ्यास गरेर पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य सुनको मूल्य बढ्यो १४ बुँदे सहमतिपछि लघुवित्त ऋणीहरू घर फर्किए मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल जापानसँग ८–० गोलले पराजित



file photo: anfa
अ+ अ-

काठमाडौँ । १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोलीले फराकिलो हार ब्यहोरेको छ । बेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा आज सोमबार भएको समूह ‘डी’ को खेलमा नेपाल जापानसँग ८–० गोलले पराजित भएको हो ।

यो नतिजासँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

पहिलो हाफमा ५ गोल गरेको जापानको दोस्रो हाफमा ३ गोल थप्यो । जापानका लागि ओसावा हरुकाले २ तथा शिओकोशी युजुहो, यामामोतो युजुकी, युइनो मामी, वाकिसाका रेना, साकाकिबारा कोटोनो र हिजिकाता मायाले १/१ गोल गरिन् ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा बिहीबार बङ्गलादेशसँग खेल्नेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल भियतनामसँग २–० गोलले स्तब्ध बनेको थियो ।