१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

कांग्रेसले पहिलो पटक आयोजना गरेको बिपी साहित्य महोत्सवको रौनक

कांग्रेसले पहिलो पटक आयोजना गरेको बिपी साहित्य महोत्सवको रौनक
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको एक सय १०औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको बिपी साहित्य महोत्सवको उद्घाटन तथा पहिलो दिनका कार्यक्रम भव्यरूपमा सम्पन्न भएका छन् । महोत्सव आज भदौ २४ देखि २६ गतेसम्म चल्नेछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको त्रि–दिवसीय ऐतिहासिक महोत्सवको उद्घाटन तथा अन्य कार्यक्रममा पार्टीका नेता कार्यकर्ताका साथै प्राज्ञिक तथा विद्वान बुद्धिजीवी, अध्येता एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्नेलगायत व्यक्तित्वको बाक्लो सहभागिता थियो ।

महामानव बिपी कोइरालाको एक सय १०औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना, नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा महोत्सवको आयोजना गरिएको हो । कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान हाइजेकिङ फर डेमोक्रयासी चलचित्र अवलोकन पश्चात पानसमा दीप प्रज्वलन र वृक्षमा जल सिञ्चन गरी महोत्सवको उद्घाटन गर्नुभएको थियो ।

तत्पश्चात किरण मानन्धरले क्यानभासमा तयार गरेको लाइभआर्टमा सभापति देउवाले रङ लगाएर चित्रकलाको सुरुआत गर्नुभएको थियो । उद्घाटन मन्तव्यका क्रममा सभापति देउवाले बिपीको राजनीतिक चिन्तन नै कांग्रेसको मार्गदर्शन भएको कुरामा जोड दिँदै बिपीको विचार कांग्रेसले मात्रै नभई नेपालका सबै राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायले अनुकरण गरिरहेको बताउनुभएको थियो ।

साथै उहाँले कांग्रेस आजसम्म बिपीकै विचारको मार्गमा चलिरहेको बताउनुभएको थियो । उद्घाटन मन्तव्यपछि सभापति देउवाले बागमती किनारमा रहेको बिपी पार्कमा रूद्राक्षकोे बिरुवासमेत रोप्नुभएको थियो । महोत्सवमा एक सय १० वटा साना बेलुनको झुप्पो र पार्टी कार्यालय भवनको छतमा करिब ३० फिट माथि स्थायीरूपले रहने गरी बिपीको तस्बिर, चारतारे झण्डा, रूख र महोत्सवको लोगो अङ्कितको बेलुन एक साथ उडाएर महोत्सवको उद्घाटन गरिएको थियो ।

उद्घाटन समारोहको सञ्चालन सहमहामन्त्री तथा बिपी साहित्य महोत्सव–२०८० का संयोजक बद्रीप्रसाद पाण्डेले गर्नुभएको थियो । आज पाँच वटा विभिन्न विधामा कार्यक्रम सञ्चालन भएको थियो । बिपीको साहित्य सिर्जना र जीवन दर्शनका विषयमा साहित्यकार अभि सुवेदी वक्ताको रूपमा हुनुहुन्थ्यो भने उक्त सम्भाषणको सहजीकरण सोझो गाउँलेले गर्नुभएको थियो ।

महामन्त्री विश्वप्रकाश शर्माले एक घण्टा सहजीकरण गर्नुभएको ‘बिपीका दृष्टिमा बिपी’ भन्ने शीर्षकमा साहित्यकार भुवन ढुङ्गाना, प्राध्यापक कृष्ण खनाल, राजनीतिक विश्लेषक सिके लाल वक्ताका रूपमा छलफलमा सहभागी हुनुभएको थियो भने लाइभआर्ट विजय थापाले गर्नुभएको थियो ।

‘बिपीका आख्यानमा मनोविश्लेषण’का विषयमा राम लोहनी, कोमल फुयाल र साधना प्रतीक्षा वक्ताका रूपमा हुनुहुन्थ्यो भने सहजीकरण दीपक ढकालले र लाइभआर्ट नगेनसिंह ठकुरीले भएको थियो । यसैगरी ‘साहित्यमा पर्यावरण’ शीर्षकमा अम्मराज जोशी, तीर्थबहादुर श्रेष्ठ र सङ्गीता रायमाझी वक्ताका रूपमा हुनुहुन्थ्यो भने अर्चना थापाले सहजीकरण र किरण मानन्धरले लाइभआर्ट गर्नुभएको थियो ।

‘नेपालको मातृभाषा साहित्य’ शीर्षकमा बमकुमारी बुढामगर, अमृत योञ्जन र चन्द्र किशोर वक्ताका रूपमा हुनुहुन्थ्यो भने प्रकाश थाम्सुहाङले सहजीकरण र किरण सिगूले लाइभआर्ट गर्नुभएको थियो । साँझ कविहरूले कविता वाचन गर्नु भएको थियो भने त्यसको सहजीकरण हेमप्रभासले गर्नुभएको थियो । विभिन्न सत्रहरूको बीचमा सांस्कृतिक झाँकीहरू समेत प्रदर्शन गरिएको थियो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानैदेखि सहभागीहरूको आगमनले खचाखच भरिएको थियो । कांग्रेसले पहिलो पटक आयोजना गरेको बिपी साहित्य महोत्सवमा पार्टीका वर्तमान तथा पूर्वपदाधिकारी, केन्द्रीय सदस्यहरू, मन्त्रीहरू, सांसदहरू, भ्रातृ एवं शुभेच्छुक सङ्घ–संस्थाका प्रतिनिधिहरू, विभिन्न विधाका विद्वान, साहित्यकार, लेखक, पत्रकार, चित्रकार, राजनीतिज्ञ, युवा, विद्यार्थीलगायतको बाक्लो सहभागिता देखिएको थियो ।

भोलि दोस्रो दिन भदौ २५ गते बिहान वीर गणेशमान चलचित्र प्रदर्शन गरी महोत्सवको सुरुआत गरिनेछ । ‘मार्क्स, गान्धी र बिपी, आजको लोकतान्त्रिक समाजावादको खोज’ विषयमा आनन्द कुमारले सम्भाषण दिनु हुनेछ । त्यसपछि ‘बिपीले नपाएका १५ वर्ष’, ‘बिपीका आख्यानमा मधेस’, ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी’, ‘युवा स्रष्टामा बिपी पठन’ शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुनेछन् । दोस्रो दिनको अन्तमा ३० जना गजलकारबाट गजल साँझको आयोजना हुनेछ ।

त्यस्तै तेस्रो दिन भदौ २६ गते बिहान तीन घुम्ती चलचित्र प्रदर्शनबाट महोत्सवको सुरुआत गरिने छ । त्यसपछि ‘बिपीको समाजवादी परिकल्पनामा शिक्षा’ विषयमा केदारभक्त माथेमाले सम्भाषण दिनुहुनेछ । त्यसपछि ‘समावेशिता, सामाजिक रूपान्तरण र बिपी’, ‘समय र सबाल्र्टन’, ‘बिपीका आख्यानमा नारी’, ‘परिवारले बुझेका बिपी’ विषयमा अलग अलग सत्र सञ्चालन हुनेछन् । तेस्रो तथा महोत्सवको अन्तिम दिनमा धन्यवाद ज्ञापन र साङ्गितिक साँझसँगै महोत्सवको समापन गरिने पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले एक सय १०औँ बिपी जन्मजयन्तीको अवसरमा बिपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । कांग्रेसले जननायक बिपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बिपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादका क्षेत्रमा उहाँले पुर्‍याउनुभएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर रहेको छ । आजको राजनीतिक परिवेशमा बिपी विचारको महत्त्व उत्तिकै सान्दर्भिक छ । विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उहाँ शीर्ष स्थानमा हुनुहुन्छ ।

महोत्सव अवधिभर कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत विभिन्न कार्यक्रम हुने कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । रासस