२१ श्रावण २०८३, बिहीबार
,
Latest
गण्डकीमा पर्यापर्यटनको नाममा साढे ३२ करोड खर्च, उपलब्धि न्यून राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह मनसुनजन्य विपद् व्यवस्थापनका लागि २६ हजार सुरक्षाकर्मी र आधुनिक प्रविधि परिचालन गरिएको छः गृहमन्त्री सेनालाई सस्तो बनाउने काम भयो, सरकार जिम्मेवार छ : मिराज ढुंगाना महाधिवेशन तयारीमा राप्रपा, अध्यक्ष लिङ्देनद्वारा समितिलाई कार्ययोजना बनाएर तत्काल काम थाल्न निर्देशन कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक सत्य थप स्पष्ट हुने विश्वास
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समिति सभापति: कांग्रेसबाट आरजु, खतिवडा र चालिसे उम्मेदवार



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले तीनवटा संसदीय समिति सभापतिका उम्मेदवारको नाम टुंगो लगाएको छ ।

कांग्रेसले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणालाई उम्मेदवार बनाउने भएको छ । समानुपातिक सांसद राणालाई उक्त समितिको सभापतिको उम्मेदवार बनाइने तयारी भएको कांग्रेसका एक सांसदले बताए ।

यस्तै, कांग्रेसले प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा र अर्थ समितिको सभापतिमा काठमाडौँ– ३ बाट निर्वाचित सन्तोष चालिसेलाई उम्मेदवार बनाएको छ ।

यसअघि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच भागबण्डा हुँदा कांग्रेसले चार संसदीय समिति सभापति पाउने भनिएको थियो ।




भर्खरै