२९ मंसिर २०८२, सोमबार
,
Latest
सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन ‘भारत–नेपाल टुरिज्म मार्ट’अन्तर्गत गन्तव्य प्रवर्द्धन कार्यक्रम सुरु जनताको दूत भएर सेवा प्रवाह गर्न गृहमन्त्री अर्यालको आग्रह डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो नेपालबाट चोरिएका एक सय ९८ पुरातात्विक सम्पदा विदेशबाट फिर्ता ल्याइयो स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १२ गते हुने



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम भदौ १२ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराउनुभएको हो ।

उहाँले यस पटकको प्रश्नोत्तरमा समूह २ मा रहेका सांसदहरुले प्रश्न सोध्न पाउने बताउनु भयो । उहाँले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न भदौ ८ गते शुक्रवार दिउँसो ३ बजेभित्रमा प्रतिनिधि सभाका सचिव समक्ष लिखित रुपमा दिन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम यही २०८० भदौ १२ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछु । साथै प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह २ मा रहेका माननीय सदस्यहरुले यस महिना प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम मिति २०८० भदौ ८ गते शुक्रवार दिनको ३ बजेभित्र प्रतिनिधि सभाको सचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन सक्नुहुने व्यहोरा जानकारी गराउन चाहन्छु ।’

त्यसैगरी सभामुखले समिति सभापतिहरुको निर्वाचनका लागि भदौ ११ गते दिउँसो ३ बजेको समय तोकेको पनि जानकारी गराउनु भयो । प्रतिनिधि सभाको अर्को बैठक भदौ १२ गते मंगलवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।