२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रयान–३ को चन्द्रमा अवतरणमा ओलीले दिए मोदी र भारतबासीलाई बधाई



file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारतको चन्द्रयान–३ मिशन सफल भएकोमा भारतीय प्रधानमन्त्री र भारतबासीहरुलाई बधाई दिएका छन् ।

भारतले चन्द्रयान–३ को विक्रम ल्यान्डर चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्दै इतिहास रचेको छ । यसै खुसीयालीमा अध्यक्ष ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वैज्ञानिक र भारतबासीलाई बधाई दिएका हुन् ।

ओलीले सामाजिक सञ्जालमा भनेका छन् – आज भारतको चन्द्र यान – ३ चन्द्रमाको दक्षिणी ध्रुव (South pole) मा अवतरण गरेको छ। यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतबासी सबैलाई बधाई ! पूर्वीय ज्ञानले विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौं ।

यो पनि पढ्नुस्ः भारतले रच्यो इतिहास, चन्द्रयान–३ चन्द्रमामा अवतरण