१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

अस्पष्ट कानून र क्षमता भन्दा बढी वन्दी नै वाल सुधार गृहको घटनाको कारण: अधिवक्ता डा.प्रभाकर खनाल

अस्पष्ट कानून र क्षमता भन्दा बढी वन्दी नै वाल सुधार गृहको घटनाको कारण: अधिवक्ता डा.प्रभाकर खनाल
फाईल फोटो
अ अ+ अ-

काठमाण्डौ । गएको ३ गते आइतबार वाल सुधार गृह सानोथिमी भक्तपुरमा भएको घटनाको मुख्य कारण उमेरबारेको अस्पष्ट कानून र सुधार गृह व्यवस्थापनको लापरवाही नै मुख्य कारण भएको अधिवक्ता डा.प्रभाकर खनालले औंल्याएका छन् । ‘७० जना क्षमताको सुधार गृहमा २९८ जना अर्थात ४ गुणा भन्दा बढी वन्दी राख्नु अर्को कारण हो ।’

विभिन्न मुद्धामा कैद भुक्तान गरिरहेका र पुर्पक्षमा रहेका वाल विझ्याँईकर्ता (वाल अभियुक्त र वाल अपराधी) १८ वर्ष लागेपछि वयष्क उमेरका कैदी वन्दी सरह कारागारमा सार्नुपर्ने भनेर कानुनमा स्पष्ट उल्लेख नभएकोले ‘नावालक बन्दी’ भनिने उनीहरुको कैद भुक्तान गर्दाको उमेर २८र३० वर्षसम्म पुग्ने गरेको अधिवक्ता डा.खनाल बताउँछन । यहि कारणले १० देखि २८ वर्षसम्मका वाल विझ्याँईकर्ताहरु सो सुधार गृहमा बस्न वाध्य भएको उनी बताउँछन् ।

डा. खनाल ‘द्वन्दमा परेका वालवालिका सम्वन्धि कानूनको वास्तविकता’ विषयमा विद्यावारिधी गरि वालवालिकाको कानूनी हक र अधिकारको पक्षमा वहस पैरवी र वकालत गर्दै आएका छन् । कानूनमा विद्यावारिधि गर्ने उनी भक्तपुर जिल्लाकै पहिलो अधिवक्ता पनि हुन् । विद्यावारिधि गर्ने क्रममा उनले सोही सुधार गृहमा रहेका वाल विझ्याँईकर्ताको विषयमा अध्ययन अनुसन्धान पनि गरेका थिए ।

कानुनीरुपमा १० देखि १७ वर्ष ३६४ दिनसम्मको उमेरका कैद ठेकिएका या पुर्पक्षमा रहेका वाल विझ्याँईकर्ता मात्रै वाल सुधार गृहमा बस्न पाउँछन् । वयस्कले गर्ने गरेका अपराधको सजायँको तुलनामा उनीहरुलाई आधामात्रै सजायँ हुने कानुनी प्रावधान रहेकोले पछिल्लो समयमा वाल विझ्याँईकर्ताको संख्या बढीरहेको छ ।

वाल सुधार गृह सानोथिमीमा वलात्कार मुद्धामा कैद भुक्तान गरिरहेका वाल विझयाँईकर्ता (कमल बस्नेत)कोे आइतबार रहस्यमय मृत्युपछि भड्किएको हुलदंगा र झडपमा प्रहरीले अश्रुग्याँस र तीन राउण्ड गोली चलाउनु परेको थियो ।

आइतबार बस्नेतको अस्वभाविक मृत्युको घटनालाई सुधार गृह व्यवस्थापन र प्रहरी प्रशासनवीच समन्वय नभएको र दुवै पक्षले सो त्यसलाई हलुका रुपमा लिएकोले सोमबार गोली नै चलाउनु पर्ने अवस्था आएको उनको ठम्यार्ई छ ।

‘सुधार गृहबाट बाहिर निस्केका वाल विझ्याँईकर्तालाई समात्न प्रहरी प्रशासनले गोली र अश्रुग्याँस चलाउनु दुर्भाग्यपुर्ण हो’—अधिवक्ता डा.खनाल भन्छन् ।

प्रहरी प्रशासनले कमलको मृत्यु विरामी भएको र स्वभाविक भएको बताएतापनि उनका आफन्तले मृतकको शरीरमा निलडाम भएको र मृत्यु अस्वभाविक भएको भन्दै मंगलबारसम्म पनि शव बुझ्न अस्विकार गरिरहेका छन् ।

नेपालका ७४ जिल्लामा रहेका कारागारहरुमध्ये केही कारागारमा कैदी वन्दी र प्रहरी प्रशासनवीच झडप हुने गरेता पनि वाल सुधार गृहमा भएको यो नै पहिलो घटना हो । सानोथिमीसहित देशभरी यस्ता ८ वटा वाल सुधार गृह छन् ।

न्यूनतम सुविधावीहिन वालवालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) नेपाल संस्थाको हातामा निर्माण गरिएको यो वाल सुधार गृह नेपालको पहिलो सुधार गृह हो र गृह मन्त्रालयको निर्देशनमा युसेप नेपालले यसको व्यवस्थापन गर्दै आएको छ ।

२०५७ सालताका स्थापित सो सुधार गृहको क्षमता ७० जना मात्रै हो । त्यहाँ अहिले ४३ जना वालिकारकिशोरी छन भने बाँकी २५५ जना वालकरकिशोर वाल विझयाँईकर्ता छन् । अर्थात क्षमताभन्दा ४ गुणा बढी वन्दी छन् ।

२९८ जना वाल विझयाँईकर्ताको लागि एकजना मात्रै मनोचिकित्सकरमनोवीज्ञ या परामर्शदाता छन भने बढ्दो उमेरका वालवालिका र किशोर किशोरीको मनोविज्ञान अनुसारको कुरा बुझाउने अरु कोही नभएको अधिवक्ता डा.खनालको भनाई छ ।

अर्को कुरा क्षमताभन्दा चार गुणा बढी संख्या हुने वित्तिकै उनीहरुको भौतिक अवस्था, खानपान, स्वास्थ्य, शिक्षा र अन्य दैनिकी विषयमा वाल सुधार गृह व्यवस्थापनले ध्यान दिएर समयमै सम्वोधन गर्न नसक्नु घटनाको अर्को मुल कारण भएको अधिवक्ता डा.खनाल बताउँछन् ।

सुधारगृहमा रहेका वाल विझ्याँईकर्ताको संख्याको तुलनामा सुरक्षाकर्मी कम हुनु र सुधारगृह रेखदेख गर्ने जिम्मेवार व्यक्तिको लापरवाही पनि घटना हुनुको अर्को कारण भएको उनको विचार छ ।

सानै उमेरमा जान अन्जानमा भए गरेका अपराधको कैद भुक्तानका लागि वाल विझ्याँईकताको लागि सर्वोच्च अदालतको आदेशपछि नेपाल सरकारले सानोथिमीमा पहिलो वाल सुधार गृह स्थापना गरेको हो ।

हाल युसेपले भक्तपुरको सानोथिमीको साथै कास्कीको सराङ्गकोटमा र मोरङ्गको विराटनगरमा रहेको वाल सुधार गृह सञ्चालन गरिरहेको छ भने पर्सा, डोटी, रुपन्देही, मकवानपुर र बाँकेमा गृह मन्त्रालय आफैंले सञ्चालन गर्दै आएको छ । देशभर १ हजार १३९ जना वाल विझ्याँईकर्ता रहेको कारगार व्यवस्थापन विभागको तथ्यांक छ ।

१० देखि १७ वर्ष ३६४ दिनसम्म उमेरका वालवालिकाले अपराध गर्ने गरेता पनि भविष्यमा उनीहरुलाई कुनै समस्या नहोस् भनेर अदालतले उनीहरुको वास्तविक परिचय गोप्य राखि संकेत नम्बर र वास्तविक नाम परिवर्तन गरि मुद्धा चलाउने र फैसला गर्ने गर्छ ।