१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्नमाउथ र वेस्टहामले अंक बाँडे



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत बर्नमाउथ र वेस्टहाम युनाइटेडले बराबरी खेलेका छन् ।

शनिबार राति सम्पन्न खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

५१ औं जारोर्ड वोइनले गोल गर्दै वेस्टहामलाई सुरुवाती अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा डोमिनिक सोलान्केले गोल गर्दै बर्नमाउथलाई बराबरीमा ल्याए । यो नतिजासँगै सिजनको पहिलो खेलमा दुबै टिमले १–१ अंक जोडेका छन् ।