१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक व्यवस्थालाई अक्षरश: पालना गरे नेपालमा शैक्षिक क्षेत्रले फड्को मार्छ: उपराष्ट्रपति



file photo
अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक र कानूनी व्यवस्थालाई सबैले अक्षरश: पालना गर्नसके मुलुकमा शैक्षिक क्षेत्रले महत्वपूर्ण फड्को मार्ने बताउनुभएको छ ।

शुक्रवार २१० औं भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा प्रत्येक नागरिकलाई आधारभुत शिक्षामा पहुँचको हक हुने, राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क तथा माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क हुने संवैधानिक व्यवस्था गरेको बताउनु भयो । उहाँले अपांगता भएका र आर्थिक रुपमा विपन्न भएका नागरिकलाई कानूनबमोजिम नि:शुल्क पाउने हक हुने व्यवस्था गरेको उल्लेख गर्नुभयो । उहाँले मुलुकको शैक्षिक उन्नयनका लागि शिक्षालय, शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाला सबैले दत्तचित्त भइ आफ्नो स्थानबाट अहं भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि व्यक्ति, समाज र समग्र मुलुककै विकास र समृद्धिको स्तर, त्यस देशले उपलब्ध गराएको शिक्षको अवस्था र गुणस्तरले निर्धारण गर्छ । त्यसैले त आधुनिक राज्य प्रणालीमा प्रत्येक राज्यले आफ्ना नागरिकका लागि देशको मुल कानूनमै शिक्षा सम्बन्धी निश्चित अधिकारको व्यवस्था गरेको हुन्छ । जसलाई मौलिक अधिकारका रुपमा लिइन्छ ।

नेपालमा पनि प्रत्येक नागरिकलाई आधारभुत शिक्षामा पहुँचको हक हुने राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क तथा माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क हुने संवैधानिक व्यवस्था छ । अपांगता भएका र आर्थिक रुपमा विपन्न भएका नागरिकलाई कानूनबमोजिम नि:शुल्क पाउने हक हुने व्यवस्था गरेको छ । यी संवैधानिक र कानूनी व्यवस्थालाई सबैले अक्षरश: पालना गर्नसके मुलुकमा शैक्षिक क्षेत्रले महत्वपूर्ण फड्को मार्नेछ । मुलुकको शैक्षिक उन्नयनका लागि शिक्षालय, शिक्षक विद्यार्थी, अभिभावक र सरोकारवाला सबैले दत्तचित्त भइ आफ्नो स्थानबाट अहं भुमिका निर्वाह गर्नुपर्छ ।’

उपराष्ट्रपति यादवले नेपालमा आदिकवि भानुभक्त आचार्यको देन महत्वपूर्ण रहेको बताउनु भयो ।




भर्खरै