१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट खर्च गर्न नसके दण्डित हुनुपर्छ: सांसद भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी सांसद विद्या भट्टराईले बजेट खर्च गर्न नसक्ने स्थितिको अन्त्य हुन जरुरी रहेको बताउनुभएको छ ।

बिहीवार बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार बजेट छैन भन्ने तर आर्थिक वर्ष सकिन लाग्दा बजेट खर्च नहुने परिपाटीको अन्त्य गर्न लाग्नुपर्ने बताउनु भयो । उहाँले बजेट खर्च गर्न नसके कारबाही भोग्न सम्बन्धित पक्षहरु तयार हुनुपर्ने बताउनु भयो । उहाँले एशियन गेमको बारेमा युवा तथा खेलकुद मन्त्रालयसँग खाका समितिमा जानकारी गराउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बजेट छैन भनिन्छ तर फिर्ता गर्छौं, यो संस्कृति कहिलेसम्म रहन्छ ? त्यसका लागि चुनौति के हुन्, हामीले के सहजीकरण गर्नुपर्छ । यो संस्कृति बदल्नुपर्छ, हामी जनताका लागि, देशका लागि भन्ने तर किन जिम्मेवार बन्न नसक्ने, बजेट छैन भन्ने तर खर्च किन हुन नसक्ने ? अब बजेट खर्च भएन भने त्यसको जिम्मेवारी कसले लिने, दण्डित हुने की नहुने ? एशियन गेमको कुरा छ, यसको तयारी के छ ? यसको खाका मन्त्रालयसँग हुनुपर्छ । यसमा विवाद छ भनिन्छ, कमी कमजोरीको छलफल गर्न सहज हुन्छ ।’

उहाँले युवाहरुले स्वामित्व लिनसक्ने गरी कार्यकारी अधिकारसहितको युवा परिषद्को निर्माण गर्ने कुरालाई मन्त्रालयले नेतृत्व गर्नुपर्ने बताउनु भयो ।