१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी बजेटबाट केही नेता, मन्त्री र विचौलिया बाहेक अरु खुशी छैनन्: तारामान स्वाँर



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले आगामी आर्थिक वर्षको बजेटबाट केही नेता, मन्त्री र विचौलियाहरु बाहेक सबै असन्तुष्ट रहेको बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सत्ता पक्ष भएकाले आफूहरुले बजेट पास गर्नुपर्ने बाध्यता भएपनि सन्तुष्टिका साथ पास नहुने बताउनु भयो । उहाँले खर्च कटौतिको प्रश्ताव पेस गर्नुको स्थानमा बजेट संशोधनसहित अघि बढाउने प्रणालीको विकास गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अन्य विधेयकमा जस्तै आर्थिक विधेयकमा पनि यहाँ मान्यज्युहरुले खर्च कटौतिको प्रश्ताव पेस गर्नुभयो । खर्च कटौतिको प्रश्ताव होइन, संशोधनसहित परिमार्जन गर्ने प्रणालीको निर्माण गर्नुपर्छ । सत्ता पक्ष र प्रतिपक्ष सबै राजनीतिक दलहरु मिलेर आर्थिक प्रणाली र बजेट प्रणाली परिवर्तन गर्न प्रयास गर्नुपर्छ । मन्त्रालयगत विनियोजनसम्म आउँदा प्रतिपक्षका मात्रै होइन, हामी सत्ता पक्षका मान्यहरु समेत सन्तुष्ट छैनौँ । केही नेता र मन्त्री र विचौलियाहरु बाहेक सबै असन्तुष्ट छन् । प्रतिनिधि सभामा त पारित भइसकेको छ, सत्ता पक्षका हामी सांसदले पारित त राष्ट्रिय सभामा पनि गरौँला तर सन्तुष्टिका साथ होइन ।’

राष्ट्रिय सभा सदस्य स्वाँरले सत्तापक्षकै सांसदहरुले पनि बजेट सन्तुष्टिका साथ पास गर्ने स्थिति नरहेको जिकिर गर्नुभयो ।