२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय गौरवको आयोजनाहरु समयमै सम्पन्न नगर्ने ठेकदार कम्पनीलाई सरकारले कारबाही गर्नुपर्छ: सांसद देवकोटा



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाकी सांसद अनिता देवकोटाले राष्ट्रिय गौरवको आयोजनाहरु समयमै सम्पन्न नगर्ने ठेकदार कम्पनीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।

मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले सो माग गर्नु भएको हो ।

सांसद देवकोटाले समयमै सम्पन्न नगर्ने हो भने राष्ट्रिय गौरवका आयोजनाहरुको नामाकरण नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले राष्ट्रिय गौरवका आयोजनाहरुमा चरम भ्रष्टाचार मौलाएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न पनि सरकारलाई गम्भिर बन्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

सांसद देवकाटाले भन्नु भयो, ‘राष्ट्रिय गौरवका आयोजनाहरु अत्यन्तै भ्रष्टाचारले युक्त छन । चरम बेथितिमा छन । नेपाल विकासका आधारशीलाको रुपमा रहेको यी आयोजनाहरु समयमै सम्पन्न गर्न सक्ने हो भने कोशेढुंगा सावित हुनछ । तर यी आयोजनाहरु हामीले सम्पन्न गर्न सकिरहेका छैनौं । राष्ट्रिय गौरवका आयोजनाहरु भन्ने तर समयमा सम्पन्न नगर्ने हो भने राष्ट्रिय गौरवका आयोजनाको नामाकरण नगरौं भन्ने म निवेदन गर्न चाहन्छु । त्यसैले राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्र्नेलाई पुरस्कार र नसक्नेलाई दण्डको व्यवस्था गर्न सक्यौं भने निश्चय नै समयमै सम्पन्न हुन्छ भन्ने मलाई लाग्दछ । त्यतातर्फ सरकारको ध्यान जान जरुरी छ भन्ने मलाई लाग्दछ ।’

सांसद देवकाटाले निर्माणाधिन सडक आयोजनाहरुका लागि आवश्यक बजेटको व्यवस्था नगरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गर्नु भयो ।

 




भर्खरै