२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय गौरवको आयोजनाहरु समयमै सम्पन्न नगर्ने ठेकदार कम्पनीलाई सरकारले कारबाही गर्नुपर्छ: सांसद देवकोटा



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाकी सांसद अनिता देवकोटाले राष्ट्रिय गौरवको आयोजनाहरु समयमै सम्पन्न नगर्ने ठेकदार कम्पनीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।

मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले सो माग गर्नु भएको हो ।

सांसद देवकोटाले समयमै सम्पन्न नगर्ने हो भने राष्ट्रिय गौरवका आयोजनाहरुको नामाकरण नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले राष्ट्रिय गौरवका आयोजनाहरुमा चरम भ्रष्टाचार मौलाएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न पनि सरकारलाई गम्भिर बन्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

सांसद देवकाटाले भन्नु भयो, ‘राष्ट्रिय गौरवका आयोजनाहरु अत्यन्तै भ्रष्टाचारले युक्त छन । चरम बेथितिमा छन । नेपाल विकासका आधारशीलाको रुपमा रहेको यी आयोजनाहरु समयमै सम्पन्न गर्न सक्ने हो भने कोशेढुंगा सावित हुनछ । तर यी आयोजनाहरु हामीले सम्पन्न गर्न सकिरहेका छैनौं । राष्ट्रिय गौरवका आयोजनाहरु भन्ने तर समयमा सम्पन्न नगर्ने हो भने राष्ट्रिय गौरवका आयोजनाको नामाकरण नगरौं भन्ने म निवेदन गर्न चाहन्छु । त्यसैले राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्र्नेलाई पुरस्कार र नसक्नेलाई दण्डको व्यवस्था गर्न सक्यौं भने निश्चय नै समयमै सम्पन्न हुन्छ भन्ने मलाई लाग्दछ । त्यतातर्फ सरकारको ध्यान जान जरुरी छ भन्ने मलाई लाग्दछ ।’

सांसद देवकाटाले निर्माणाधिन सडक आयोजनाहरुका लागि आवश्यक बजेटको व्यवस्था नगरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गर्नु भयो ।