२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटप्रति सांसद राईको टिप्पणी– ‘जसले हान्यो त्यसले जान्यो’ झैँ भएको छ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य रामचन्द्र राईले आर्थिक वर्ष २०८०/८१ को बजेट ‘जसले हान्यो त्यसले जान्यो’ भन्ने भनाइलाई सार्थक बनाउनेगरी आएको बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य राईले आ.व. २०८०/८१ को बजेट मनमौजी तरिकाले आएको बताउनु भयो । उहाँले डडेल्धुरा, गोरखा र नुवाकोट जिल्लामा मात्रै बजेटको ४५ प्रतिशत रकम विनियोजन गरिएको बताउनु भयो । त्यस्तै बजेटले समन्यायिक विकासलाई आत्मसात गर्न नसकेको बताउनु भयो ।

राईले आदिवासी, जतजातिको क्षेत्रमा पनि बजेटले कुनै चासो नदेखाएको बताउनु भयो । उहाँले भन्नुभयो – ‘बजेट विनियोजन मनमौजी छ । हाम्रो समाजमा एउटा मिथक छ, जसले हान्यो त्यसले जान्यो भन्ने । त्यो मिथकलाई सार्थक बनाउनेगरी यो बजेट आएको छ । डडेल्धुरा, नुवाकोट र गोरखामा ४५ प्रतिशत रकम विनियोजन भएको छ । बजेटले समन्यायिक विकासलाई आत्मसात गरेको छैन । त्यस्तै आदिवासी जनजातिहरुको सन्दर्भमा, क्षेत्रमा, यसले कुनै चासो देखाएको देखिँदैन । मुलुकमा रहेका ३५.८१ प्रतिशत जनतालाई बेवास्ता गर्छ भने यो बजेट कसरी समन्यायिक हुनसक्छ ? यो विनियोजन कसरी समन्यायिक हुनसक्छ ? त्यसैले यो बजेट साच्चै ठट्टा गर्न आएको छ ।’

उहाँले बजेटमार्फत नेपालमा भएका भौतिक र अभौतिक सम्पदाहरुलाई संरक्षण तथा संवद्र्धन गर्ने कुरामा पनि चासो नदेखाएको बताउनु भयो ।