६ श्रावण २०८३, बुधबार
,
Latest
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलपानी क्रिकेट मैदानको नाम यथावत रहने



अ+ अ-

काठमाडौँ । मुलपानी क्रिकेट मैदानको नाम यथावत रहने भएको छ ।

नेपाल क्रिकेट संघले (क्यान)ले सो मैदानको नाम यथावत राख्ने निर्णय गरेको हो । क्यानले मैदानको नाम फेर्दै जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखेको थियो ।

कागेश्वरी मनोहरा नगरपालिका र स्थानीयको चर्को विवादका कारण क्यानले लगत्तै नाम फेर्ने निर्णय संशोधन गरेको जनाइएको छ । कागेश्वरी मनोहराका प्रमुख उपेन्द्र कार्कीले क्यानले नाम यथावत राख्ने निर्णय गरेको पत्र प्राप्त भएको जानकारी दिएका छन् ।

गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरबीचको खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएपछि त्यस मैदानले अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।