२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशमा सर्वपक्षीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको प्रस्ताव



अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वपक्षीय सरकार बनाउन प्रस्ताव गर्नुभएको छ ।

विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि बिहीबार प्रदेशसभामा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले आफू अहिले पनि सर्वपक्षीय सरकार बनाउने प्रयासमा रहेको बताउनुभयो ।

आफ्नो प्रयासले सार्थकता पायो कि पाएन भन्ने परिणामले देखाउने उहाँको भनाइ थियो । बिहीबार पनि आफूले आफ्नो पार्टीसँगै अरु पार्टीको नेतृत्वसँग परामर्श गरेको उल्लेख गर्दै भन्नुभयो, “अहिले पनि म सर्वपक्षीय सरकार गठनको पक्षमा छु ।”

मुख्यमन्त्री कार्कीले सर्वपक्षीय सरकार बनाउँदा कम अवसर आफ्नै दलले पाउने भएपनि त्यसका लागि तयार रहेको बताउनुभयो ।

यद्यपि सबै मिलेर ढोका थुनेर कुट्ने हो भने निकास ननिस्कने उहाँले चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि गठबन्धन एकले अर्कालाई बाइपास गरेर, त्यो पनि सबभन्दा ठूलो दललाई बाइपास गरेर चल्ने र टिक्ने वाला छैन ।