२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सक्षम र योग्य व्यक्तिलाई मात्र न्यायाधीश नियुक्त गरियोस्– नेपाल बार एसोसिएसन



अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएसनले अदालतमा न्यायाधीशहरुको नियुक्ति गर्दा सक्षम एवं योग्य व्यक्तिलाई मात्र नियुक्त गराउन माग गरेको छ ।

एसोसिएसनले न्याय परिषद्लाई ध्यानाकर्षण गराउँदै न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशहरु नियुक्ति गर्दा विगतका परम्परासमेतलाई मध्यनजर गरी कानून व्यवसायीको क्षेत्रबाट सम्मानजनक संख्यामा नियुक्ति गर्न माग गरेको छ ।

एसोसिएसनका महासचिव अन्जिता खनालद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा स्वतन्त्र न्यायपालिकाको पहरेदार संस्था एसोसिएसनले न्यायाधीश नियुक्तिको सम्बन्धमा चासो राख्नु स्वाभाविक भएको बताइएको छ ।