२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद सोविता गौतम ‘वान योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ को सर्ट लिस्टमा



अ+ अ-

काठमाडौँ । सांसद सोविता गौतम विश्वभरका युवा राजनीतिज्ञको प्रतिस्पर्धामा शीर्ष १५ मा पर्न सफल भएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य समेत रहेकी सांसद गौतम विश्वरभरिका युवा राजनीतिज्ञ मध्येबाट ‘वान योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ को सर्ट लिस्टमा पर्न सफल भएकी हुन् । गौतम केही महिनादेखि सो प्रतिस्पर्धामा सहभागी हुँदै आएकी थिइन् ।

१८ देखि ३५ वर्षका नेताहरूलाई सर्टलिस्ट गर्ने वान वर्ल्डले सोभिता गौतमलाई २७ वर्षमा सांसद भएकी नेपालको इतिहासकै सबैभन्दा कान्छी सांसद भएको उल्लेख गरेको छ ।

भ्रष्टाचार विरुद्धको गौतमको अभियान र लोकप्रियताकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठूलो पार्टी भएको पनि वान वर्ल्डले जनाएको छ । राजनीतिमा उनीहरूको प्रभावका आधारमा सर्टलिस्ट गरिएको हो । शीर्ष १५ मा रहेकामध्ये ५ जनालाई योङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्ड प्रदान गरिनेछ ।