४ पुष २०८२, शुक्रबार
,
Latest
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुनको समयमा पनि तातो हावाको लहर फैलिनसक्ने



अ+ अ-

काठमाडौँ । यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै त्यसतर्फ प्राधिकरणले ध्यानाकर्षण गराएको छ । यस वर्ष मनसुन प्रक्षेपणमा पानी सरदरभन्दा कम पर्ने तथा न्युनतम तापक्रम औषतभन्दा बढी हुने अनुमान गरिएको छ ।

यसले गर्दा मनसुनको अवधिभित्र पनि छोटो समयमा खडेरी पर्ने तथा तराई, भित्री मधेस, उपत्यका एवं खोचमा तातो हावाको लहरको जोखिम बढ्नसक्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । यसले गर्दा कृषि बालीको उत्पादन कमी हुने जोखिम देखिएको उहाँले बताउनुभयो ।

यस्तै मनसुनका समया पानीजन्य र जीवाणुबाट सङ्क्रमण हुने रोगका कारण धेरैको ज्यान जाने गरेकाले यो समयमा पनि दोहोरिन सक्नेतर्फ पनि सचेत हुन अनुरोध गरिएको छ । विगतमा झाडापखाला, हैजा, कमलपित्त, श्वासप्रश्वाससम्बन्धी रोग, कालाजार, डेङ्गु, इन्फ्लुएञ्जा, फ्लुलगायतका रोग देखिएका थिए ।

मनसुनका सममया हैजा, कालाजार, झाडापखाला तथा सर्पदंशका कारण बर्सेनि करिब पाँच सयको ज्यान जाने गरेको छ । दूषित पानीको प्रयोगले रोग फैलनसक्ने जनाइएको छ । सय वर्ष पनि विभिन्न पानीजन्य रोग देखिन सक्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।

बाढी, पहिरो, डुबानजस्ता प्रमुख विपद्का घटनासँगै मनसुनका समयमा फैलनसक्ने डेङ्गु, मलेरिया, कालाजार, झाडापखाला, सर्पदंश जस्ता रोग एवं प्रकोपबाट जोगिन तयारी गर्नुपर्ने प्राधिकरणले जनाएको छ । मनसुनको सुरुआतमै नेपालको पूर्वी क्षेत्रका जिल्लमा विपद्जन्य घटनाले ठूलो जनधनको क्षति गरेको छ । रासस