४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिका १० का स्थानीय नागरिकलाई शेयर सम्बन्धी तालिम प्रदान



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा–१० ले स्थानीय नागरिकलाई “शेयर सम्बन्धी प्रशिक्षण” तालिम प्रदान गरेको छ ।

सो वडाले काठमाडौँ महानगरपालिकाको सहयोग र नेपाल शेयर धनी सङ्घको सहजीकरणमा आयोजित प्रशिक्षणमा करिब एकसय भन्दा बढि स्थानीय विद्यार्थी, बुद्धिजिवी, व्यवसायी, किसानलगायत सबै वर्गका नागरिकले सहभागिता जनाएका थिए ।

महानगर–१० का अध्यक्ष रामकुमार केसीले वडाले स्थानीय नागरिकको सुख सुविधाका लागि निरन्तर प्रदान गरिने सेवालगायत विभिन्न सिपमुलक तालिमको पनि प्रदान गर्दै आएको जानकारी दिँदै वित्तिय साक्षरताले पनि नागरिकको जीवनस्तर उकास्न मद्दत मिल्ने भएकोले विभिन्न निकायसँग मिलेर शेयर सम्वन्धी तालिमको आयोजना गरिएको बताए।

सो प्रशिक्षणका संयोजक लता चन्द शाहले स्थानीयलाई वित्तिय साक्षरता तालिम प्रदान गर्ने क्रममा महानगर–१० ले शुक्रवार र शनिवार शेयर किनवेच सम्वन्धी सम्वन्धीत विज्ञमार्फत तालिम प्रदान गरेको जानकारी दिइन् ।

उनले शेयर किनबेच गर्नेबारे सामान्य जानकारी सबैले पाएका छन् तर त्यसमा लगानी गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण जानकारी विज्ञमार्फत दिएर स्थानीयलाले शेयरबजारबाट फाइदा लिन सकुन भन्ने लक्ष्यले तालिम दिइएको बताइन् ।

प्रशिक्षणमा सहभागी स्थानीयलाई आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा।लिमा आवद्ध प्रशिक्षकहरूलगायत अमुल्य आचार्य, मुक्ति अर्याल, तिलक कोइराला, सुवासचन्द्र भट्टराई, युवराज भुसाललगायतले शेयर किनवेच गर्ने प्रक्रिया, यसका लागि आवश्यक जानकारी, यसको फाइदा र नोक्सानीको अवस्थाबारे जानकारी दिएका हुन् ।