१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित, सुपर सिक्समा पुग्न सकेन



अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ ।

जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको हो । यो हारसँगै नेपालको विश्वकप सपनामा पुर्णविराम लागेको छ ।

यदि आज नेदरल्यान्ड्सलाई पराजित गरेको खण्डमा नेपाल सुपर सिक्स पुग्ने समीकरण बन्ने थियो । १६८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७.१ ओभरमा नै लक्ष्य भेट्टायो । नेपाललाई हराएको नेदरल्यान्ड्स सुपर सिक्समा पुगेको छ ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओ‘ डोवडले सर्वाधिक ९० रन जोडे । ७५ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । यस्तै, बास डी लिडेले ३९ बलमा ४१ रन जोडे । यस्तै विक्रमजीत सिंहले ४३ बलमा ३० रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ तथा गुलशन झाले एक विकेट लिए ।

त्यसअघि जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ५५ बलमा तीन चौका र एक छक्काको सहयोगमा सर्वाधिक ३३ रनको योगदान दिए । त्यस्तै नेपालका ओपनर आसिफ शेख तेस्रो ओभरको दोस्रो बलमा शून्य रनमा आउट भए । आजको खेलमा नेपालका कुनै ब्याटरका बीचमा उत्कृष्ट साझेदारी हुन सकेन ।

यसैगरी सन्दीप लामिछानेले ३३ बलमा चार चौकाको सहयोगमा २७ रन बनाए भने अर्का ओपनर कुशल भूर्तेलले ४२ बलमा दुई चौकाको सहयोगमा २७ रन जोडे । भीम सार्कीले ५६ बलमा एक चौकाको सहयोगमा २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रन बनाए ।

नेदरल्यान्ड्सका लागि लगन भान विकले चार विकेट लिए भने बास डि लिड र विक्रमजित सिंहले समान दुई/दुई विकेट लिए । त्यस्तै क्लेटन प्लोयट र आर्यान दत्तले समान एक/एक विकेट लिए ।