२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशले नयाँ जनआन्दोलनको माग गरिरहेको छ : प्रवक्ता श्रेष्ठ



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले देशमा नेपाली मोडलको नयाँ जनआन्दोलन आधार तयार हुदै गएको जनाउनु भएको छ ।

देशभन्दा माथि कोही छैन र केही छैन भन्दै प्रवक्ता श्रेष्ठले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले संविधानको अपरिवर्तनीय प्रावधानमाथि खेलाँची गर्न किमार्थ नमिल्ले उल्लेख गर्नुभएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान र नेपालीको हकहितको रक्षा हाम्रो संविधानको अपरिवर्तनीय प्रावधान हो। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले संविधानको अपरिवर्तनीय प्रावधानमाथि खेलाँची गर्न किमार्थ मिल्दैन ।

कतिपयलाई तितो लाग्न सक्छ, २००७ सालमा राणा शासनको अन्त्य गरि प्रजातन्त्र स्थापना, ०४६ मा पञ्चायती व्यवस्थाको अन्त्य गरि बहुदलीय प्रजातन्त्रको पुनःस्थापना, ०६२र६३ को आन्दोलन र आन्दोलनपछि राजसंस्थालाई पाखा लगाइ गणतन्त्रको स्थापनासम्मको हरेक परिवर्तनमा वैदेशिक हस्तक्षेप, सहयोग, समर्थन र प्रायोजन रहेको नमिठो इतिहास छ।

हालकै संविधानले समेत अपरिवर्तनीय भनेका विषयको रक्षार्थ नेपालभित्रै नेपाली जनताको तागतमा नेपाली परिवेश अनुरुपको मौलिक परिवर्तन अपरिहार्य बन्दै गएको छ। देशभक्त, राष्ट्रवादी, स्वाभिमानी नेपाली सचेत बनौं, कांग्रेस, एमाले, माओवादी, राप्रपा लगायतका नयाँ, पुराना सबै दलभित्रका राष्ट्रवादीहरु गोलबद्ध हौं र शक्ति निर्माण गरौं। नेपाली मोडलको नयाँ जनआन्दोलनको आधार तयार पारौं।

सबैभन्दा माथि देश, देशभन्दा माथि कोही छैन, केही छैन ।