२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमा सबैभन्दा लामो नाक भएका व्यक्ति



अ+ अ-

एजेन्सी । संसारमा धेरै मानिसहरु छन् जो आफ्नो अनौठो कुराहरु को लागी प्रसिद्ध छन् । यी अनौठो कुराका कारण एक व्यक्तिको नाममा विश्व कीर्तिमान छ । एक व्यक्तिबारे चर्चा गरौं जसको नाकले उनलाई विश्वभर चर्चित बनायो ।

आफ्नो नाममा यो कीर्तिमान बनाउने व्यक्तिको नाम मेहमेत ओज्युरेक हो । उनी टर्कीका बासिन्दा हुन् । मेहमेत ओज्युरेकको नाक संसारमा अवस्थित कुनै पनि मानिसको नाक भन्दा ठूलो छ । टर्कीका मेहमेतको यसै महिनामा निधन भयो । उनको आजभन्दा २० दिनअघिमात्र ७३ वर्षको उमेरमा निधन भएको हो । ओज्युरेकको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ ।

यो कीर्तिमान विगत ११ वर्षदेखि टर्की निवासी मेहमेत ओज्युरेकको नाममा छ । उनको नाकको लम्बाइ ८.८ सेन्टिमिटर (३.४६ इन्च) रहेको थियो । उनको अनुहारको अगाडि साढे तीन इन्चको नाक थियो ।

विश्वको सबैभन्दा ठूलो नाक भएको व्यक्तिको नाम मेहमेत ओज्युरेक मार्च २०१० मा गिनिज वल्र्ड रेकर्डमा दर्ता भएको थियो । उनको कीर्तिमान आजसम्म कसैले तोड्न सकेको छैन ।

यद्यपि, इतिहासमा सबैभन्दा लामो नाकको रेकर्ड थोमस भेडर्स (युके)को नाममा छ । थोमसको नाक लगभग १९ सेन्टिमिटर लामो थियो जुन अविश्वसनीय छ, तर उनी पनि जीवित छैनन् ।