६ भाद्र २०८३, शनिबार
,
Latest
बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति मौरीको घारमा ‘सानो खपटे कीरा’को सङ्क्रमण बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साविक विजेता मछिन्द्रलाई उपाधि लक्ष्यमा धक्का



अ+ अ-

काठमाडौँ । विभागीय टोली नेपाल पुलिसबिरुद्ध लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा साविक विजेता मछिन्द्र फुटबललाई शहीद स्मारक ए डिभिजन लिग उपाधिको लक्ष्यमा धक्का लागेको छ ।

ललितपुरस्थित च्यासल मैदानमा आईतवार सम्पन्न खेलमा नेपाल पुलिस क्लवसँग २–१ ले पराजित भएपछि मछिन्द्र फुटबल क्लवको उपाधि लक्ष्यमा धक्का लागेको हो । मछिन्द्रले पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा कायम राख्न असफल रहेको थियो । निकै प्रतिष्पर्धात्मक बनेको खेलको पहिलो हाफमा ओलावाले अफिजको गोलमार्फत मछिन्द्रले शुरुवाती अग्रता बनाउन सफल भएको थियो । दोस्रो हाफमा पुलिसले सुधारिएको खेल देखाउँदा मच्छिन्द्र निरिह बन्न पुग्यो । पुलिसको जितमा दुवै गोल विदेशी खेलाडी मोसेस टोएमले गोल गरेका थिए ।

राजधानीमा जारी लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पहिलो स्थानमा रहेका अफिजले २३औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए । छिरिङ गुरुङको क्रसलाई सदुपयोग गर्दै अफिजले जाली चुमाउन सफल हुँदा मछिन्द्रले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा सुधारिएको खेल देखाएको पुलिसका लागि ७३ औं मिनेटमा मोसेसले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेपछि खेल बराबरीको अवस्थामा आएको थियो । त्यसको १० मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मोसेसले पुलिसलाई २–१ को रोमाञ्चक अवस्थामा पु¥याएका थिए । बाँकी समयमा मछिन्द्र खेलमा फर्किन निकै प्रयास गरे पनि बलियो पुलिसको रक्षापंक्तिलाई तोड्न असफल रह्यो ।

जितसँगै पुलिसले लिगमा मच्छिन्द्रविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा मछिन्द्र २–१ ले विजयी भएको थियो । पछिल्ला पाँचौं खेलमा सुखद् नतिजा निकालेको पुलिसले २४ खेलबाट ३७ अंक भएको छ । हारपछि ३९ अंक जोड्दै दोस्रो स्थानमा रहेको मछिन्द्र शीर्ष स्थानको चर्च ब्वाइजभन्दा पाँच अंकले पछि परेको छ ।

लिग अन्तर्गत आईतवार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लवले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल रहित खेलेका थिए । दोस्रो हाफको ५२औं मिनेटमा हिमालयन शेर्पाले दिवस उराउको गोलबाट अग्रता निकाले पनि ५५औं मिनेटमा दिपेश आले मगरले गोल फर्काउँदा खेल १–१ को बराबरीमा पुगेको थियो । त्यसपछिको बाँकी समयमा दुवै टोलीले गोलका लागि केही प्रयास गरे पनि सफल हुन सकेनन् र दुवैले अंक बाँड्न बाध्य भए । बराबरीसँगै एनआरटीले २४ खेलमा ३० अंक जोडेको छ । हिमालयनले २४ खेलमा ३१ अंक जोडेको छ ।

यस्तै संकटा क्लवले रेलिगेसन क्षेत्रको एफसी खुमलटारमाथि ३–० को सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा आईतवार सम्पन्न खेलमा संकटालाई जित दिलाउन निशान खड्का, आयुष घलान र चन्दनकुमार दासले समान एक गोल गरे । जितसँगै संकटाले खुमलटारबिरुद्धका दुवै लेगमा सुखद् नतिजा हात पारेको छ । यस अघि पहिलो भेटमा संकटा १–० ले विजयी भएको थियो । जितसँगै संकटाले २४ खेलमा ३० अंक जोडेको छ । पराजय व्यहोरेको खुमलटारको समान खेलबाट २४ अंकका साथ तालिकाको पुछारमा यथावत छ ।