६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले एक विज्ञप्ति निकालेर निर्धारित तालिका अनुसार शुक्रबार बिहान दशरथ रङ्गशालामा प्रशिक्षण हुने र त्यसपछिको प्रशिक्षण स्थगित गरिएको जनाएको छ ।

भारतमा हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप र त्यसअघि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण सुरु भएको थियो । तर, शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका १० वटा क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई बन्द प्रशिक्षणमा पठाउने निर्णय गरेपछि एन्फाले प्रशिक्षण स्थगित गरेको हो ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मङ्गलबार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए । साफ च्याम्पियनसिप आगामी असार ६ गतेदेखि १८ गतेसम्म बेङ्गलुरुमा हुनेछ ।