• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, हालसम्म कै उच्च



काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार मात्रै उच्च मूल्य कायम गरेको सुनले आज फेरी नयाँ रेकर्ड कायम गरेको हो ।

आज छापावाल सुनको मूल्य हालसम्मकै उच्च एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार उक्त सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजावी सुन एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार ४ सय १० रुपैयाँ कायम भएको छ । हिजो चाँदी १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।