१५ भाद्र २०८३, सोमबार
,
Latest
चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती ‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश : स्वास्थ्यमन्त्री लिम्बूद्वारा राजीनामा एवं समर्थन फिर्ता



अ+ अ-
कोशी । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । साथै उहाँले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) प्रदेश समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले मुख्यमन्त्री कार्यालयमा राजीनामा एवं सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गरेको जानकारी गराउनुभयो ।
मन्त्री लिम्बूको राजीनामा पत्रमा विसं २०७९ पुस २५ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा बनेको गठबन्धन सरकारको स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रही सदन र सरकारमा पटकपटक प्रदेशको नामकरण पहिचानका आधारमा नामाङ्कन हुनुपर्ने माग गर्दै आएको उल्लेख गर्नुभएको छ ।
मन्त्री लिम्बूले पहिचानवादीको मागप्रति सरकारलाई गम्भीर भई वार्ता संवादमार्फत समस्याको समाधान गर्न प्रस्ताव राख्दासमेत बेवास्ता भएको हुँदा नैतिकताका आधारमा आजको मितिबाट प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा उहाँले आगामी दिनमा प्रदेशको नामकरणविरुद्धमा हुने पहिचानवादीको आन्दोलनमा प्रत्यक्षरूपमा सहभागी हुने बताउनुभयो । पार्टीका प्रदेश अध्यक्ष दीपक याक्ख्याले पहिचानसहितको सङ्घीयताको माग सम्बोधन नभएकाले मन्त्री लिम्बूले पार्टीको निर्देशनअनुसार समर्थन फिर्ता एवं राजीनामा दिनुभएको जानकारी दिनुभयो ।