४ भाद्र २०८३, बिहीबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फुटबल छनोटः जोर्डनसँग नेपाल ३-० ले पराजित



अ+ अ-

काठमाडौं । जोर्डनसँग नेपाल ३–० गोल अन्तरले पराजित भएको छ । विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत कुवेत सिटीमा सोमबार राती भएको खेलमा नेपाल ३–० को फराकिलो गोल अन्तरले जोर्डनसंग पराजित भएको हो । जोर्डनले जितको लागि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको थियो ।

जोर्डनका लागि बाहा फैजलले खेलको २३ औं र ४८ औं मिनेटमा गरि दुई गोल गरेका थिए । उनले पहिलो गोल पेनाल्टीमार्फत र दोस्रो गोल फ्रिकिकमार्फत गरे । जोर्डनका लागि तेस्रो गोल यजान अल अरबले गरे । 

समूह ‘बी’ मा रहेको नेपालले ७ खेलबाट दुई जितका साथ ६ अंक हासिल गरेको छ । नेपालले अब जेठ २८ गते छनोटको अन्तिम खेल अष्ट्रेलियासंग खेल्नेछ ।