१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

सगरमाथा आरोहणले नेपालमा पर्वतारोहण सुरक्षित छ भन्ने सन्देश दिएको छ–  कामीरिता शेर्पा

सगरमाथा आरोहणले नेपालमा पर्वतारोहण सुरक्षित छ भन्ने सन्देश दिएको छ–  कामीरिता शेर्पा
अ अ+ अ-

काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले जारी वसन्त ऋतुमा मात्रै दुईपटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेसँगै यसअघिको आफ्नै कीर्तिमान तोड्नुभएको छ । यसअघि सबैभन्दा बढी २६ पटकसम्म सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नुभएका उहाँले जेठ ३ मा २७औँ र जेठ ९ मा २८औँ पटक सगरमाथा आरोहण गर्नुभएको थियो ।

कामीरिताको यो कीर्तिमानलाई विश्वभरका सञ्चारमाध्यमले प्राथकिताकासाथ प्रकाशन तथा प्रसारण गरे । उहाँको सगरमाथामा विश्व कीर्तिमान केवल आरोहण मात्रै थिएन यो त नेपालका हिमाल आरोहणका लागि सुरक्षित छन् भन्ने विश्वका लागि सन्देश पनि थियो ।

कामीरिता आफै पनि आफूले सगरमाथा कीर्तिमानका लागि चढेको नभइ नेपालको पर्यटन प्रवर्द्धनका लागि रहेको बताउनुभएको छ । आफ्नो कीर्तिमानी आरोहणपछि विदेशी आरोहीलाई पनि नेपालमा पर्वतारोहण सुरक्षित छ भन्ने सन्देश दिन सफल भएको उहाँको भनाइ छ ।

आरोही कामीरिता र आरोही हरि बुढामगरले आरोहणपछि कायम गरेको कीर्तिमानले विश्वभर नेपालको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष एवं वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको भनाइ छ । “सगरमाथा आरोहणमा नेपालीले वल्र्ड  रेकर्ड राख्नु देशका लागि गौरवको विषय हुन्छ, यसले संसारभर नेपालको पर्यटन प्रवर्द्धन हुन्छ”, उहाँले भन्नुभयो ।

शेर्पाका अनुसार सगरमाथा आरोहणमा कैयन कीर्तिमान कायम भएका छन् । सबैभन्दा धेरैपटक सगरमाथा आरोहणदेखि छोटो समय र बिना अक्सिजन आरोहणलगायतका कीर्तिमान कायम भइसकेका छन् । “हिमालमा प्रतिस्पर्धा गर्नु आफैमा चूनौतिपूर्ण काम हो, जोखिम मोलेरै आरोहण गर्नेहरुका कारण यसले विश्वभरका आरोहीलाई आकर्षण गरिरहेको छ”, पूर्वअध्यक्ष शेर्पाले भन्नुभयो ।

सभेन समिट ट्रेक्स एन्ड एक्सपिडिसनका प्रवन्ध निर्देशक मिङ्मा शेर्पा पनि सगरमाथाको नयाँ कीर्तिमानले विश्वलाई सकारात्मक सन्देश दिएको बताउनुहुन्छ । “प्रत्येक वर्ष सगरमाथामा आरोहणमा हुने नयाँ कीर्तिमानले विश्वलाई सकारात्मक सन्देश दिएको छ”, उहाँले भन्नुभयो, “सगरमाथाको जति धेरै आरोहण भयो त्यति राम्रो सन्देश जान्छ ।”

खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एकपटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसक्नुभएको छ । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण  गरेको कीर्तिमान छ ।

यस्तै, पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । बुढामगर यही जेठ ५ गते दिउँसो सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । यससँगै पूर्व गोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी ९घुँडा माथिबाट दुवै अंगविच्छेदन०’ व्यक्तिको विश्व रेकर्ड कायम गर्नुभएको छ । ९प्रोस्थेटिक० कृतिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गर्नुभएको हो । झण्डै ५ वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।

रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुबै खुट्टा घुँडाभन्दा माथिबाट गुमाउनुभएको थियो ।

यसैगरी जारी सिजनमा यति समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले पनि सगरमाथाको आरोहण गर्नुभएको छ । शेर्पाले यही जेठ ३ गते सगरमाथाको चुचुरोमा पुग्न सफल हुनुभएको थियो । उहाँ पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाका श्रीमान हुनुहुन्छ । उहाँ थामसेर्कु ट्रेकिङ कम्पनीका सञ्चालक पनि हुनुहुन्छ ।

यस्ता छन् कीर्तिमान

यसअघि हिउँ चितुवाको उपनामले परिचित कीर्तिमान आरोही स्व आङरिता शेर्पाले बिना अक्सिजन सगरमाथाको १० पटक आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएको थियो । त्यसैगरी सबैभन्दा छोटो समय अर्थात् साढे १० घण्टामा सगरमाथाको आधारशिविरदेखि चुचुरोसम्म पुगि सफल आरोहण गरेर काजी शेर्पाले कीर्तिमान बनाउनुभएको थियो । उहाँको कीतिमान बाबुछिरिले ब्रेक गर्नुभयो भने बाबुछिरिलाई पनि पेम्बा शेर्पाले रेकर्ड तोडेर कीर्तिमान कायम गर्नुभएको थियो । साथै सबैभन्दा कम उमेरमा १३ वर्षे अमेरिकी नागरिक जोर्डन रेमोरोले रेकर्ड कायम गर्नुभएको थियो ।

पाँच सयभन्दा बढीले चढे सगरमाथा

यस वर्षको वसन्त ऋतुमा करिब पाँच सयभन्दा सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी पाँच सयले सगरमाथा आरोहण गरेका हुन् ।

“वसन्त ऋतुको सगरमाथा आरोहणमा ४७८ ले आरोहण अनुमति ९एक्सपिडिसन पर्मिट० लिएकामा आजसम्म करिब पाँच सयभन्दा बढीले हाराहारीले सगरमाथाको सफल आरोहण गरेका छन् । यसमा आरोही तथा शेर्पा गाइड पनि छन्”, विभागका महानिर्देशक होमप्रसाद लुइटेलले भन्नुभयो । मौसमले साथ दिएकाले अहिले सगरमाथालगायत हिमालमा उत्साहबद्र्धक रुपमा आरोहण भइरहेको विभागले जनाएको छ ।     यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेबाट शुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार ९आइसफल डाक्टर०ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ ९डोरी टाँग्ने० गरेपछि आरोहणको ढोका खुलेको हो ।

सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले पाएको थियो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाको विवरणमा ४७ आरोही समूहका १०३ महिला र ३७६ पुरुष गरी कूल ४७८ आरोहीले आरोहण अनुमति लिएका हुन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।

सगरमाथा आरोहणका लागि नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ । रासस