६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीले चेल्सीलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले चेल्सीलाई १–० गोलले पराजित गरेको हो । घरेलु मैदान इतिहाडमा सिटीलाई जित दिलाउन एकमात्र गोल खेलको १२ औं मिनेटमा जुलियन अल्भारेजले गरे ।

सिटीले पहिलो रोजाइका खेलाडीलाई बेन्चमा राख्दै दोस्रो रोजाइका खेलाडीहरुलाई चेल्सीविरुद्ध उतारेको थियो ।

जारी सिजनको प्रिमियर लिगको उपाधि सिटीले हात पारिसकेको छ । शनिबार आर्सनल नटिङहम फरेस्टसँग पराजित भएसँगै सिटी तीन खेल अगावै च्याम्पियन बनेको थियो ।

शीर्षस्थानको सिटीको ३६ खेलबाट ८८ अंक छ । चेल्सी समान खेलबाट ४३ अंकका साथ १२ औं स्थानमा छ ।