१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १३.५६ अंकले घटेर २ हजार ९४६.५८ विन्दुमा पुगेर बन्द



अ+ अ-

काठमाडौं । बुधबार नेप्से परिसूचक १३ दशमलव ५६ अंकले घटेको छ । यो दिन अघिल्लो कारोबार दिनभन्दा शून्य दशमलव ४६ प्रतिशत घटेर नेप्से परिसूचक २ हजार ९४६ दशमलव ५८ विन्दुमा झरेको हो । 

आज सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८३ अंक घटेर ५२५ दशमलव २८ विन्दुमा झरेको छ । यस दिन परिसूचक घटेपनि कारोबार रकमको उच्चता भने कायमै रहेको छ । बुधवार रू. १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार बराबरको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर कारोबार भएको छ ।

यो कारोबार २२१ वटा कम्पनीको १ लाख ५५ हजार २३९ पटकको व्यापारमा भएको हो । यसदिन सर्वाधिक रकमको शेयर कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ८७ करोड ९४ लाख ९० हजार बराबरको शेयर कारोबार भएको हो ।

बुधबारको कारोबारमा आठ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यो दिन युनाइटेड मोदी हाइड्रोपावरको ९ दशमलव ४५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ९ दशमलव ९५ प्रतिशत, रिडी हाइड्रोपावरको ९ दशमलव ९२ प्रतिशत, अरुणभ्याली हाइड्रोपावरको ९ दशमलव ८६ प्रतिशत, सीईडीबी  हाइड्रोपावरको ९ दशमलव ८६ प्रतिशत, बरुण हाइड्रोपावरको ९ दशमलव ८२ प्रतिशत, पोखरा फाइनान्सको ९ दशमलव ६३ प्रतिशत र प्रभु इन्स्योरेन्सको ९ दशमलव ६१ प्रतिशत शेयरमूल्य बढेको हो । 

यसदिन युनाइटेड ईदी मर्दी आरबी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य भने सर्वाधिक ९ दशमलव ८८ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५७ ले घटेर अन्तिम मूल्य रू. ५२० कायम भएको हो ।

यसदिन उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् भने विकास बैंक समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । उत्पादन तथा प्रशोधन समूहको परिसूचक यो दिन सर्वाधिक ३ दशमलव ९८ प्रतिशतले बढेको हो ।

त्यस्तै वित्त समूहको २ दशमलव शून्य ४ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ९२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव २६ प्रतिशत, जीवन बीमाको शून्य दशमलव १५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ३ प्रतिशत परिसूचक बढेको हो ।

सर्वाधिक गुमाएको विकास बैंक समूहको परिसूचक भने ४ दशमलव ४१ प्रतिशत घटेको छ । विकास बैंकसँगै यो दिन बैंकिङ्को शून्य दशमलव ५८ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव शून्य ६ प्रतिशत, जलविदुतको शून्य दशमलव ५३ प्रतिशत, अन्यको १ दशमलव ३६ प्रतिशत, लघुवित्तको शून्य दशमलव ३४ प्रतिशत र लगानी समूहको शून्य दशमलव ९८ प्रतिशत परिसूचक घटेको छ ।