एजेन्सी। लोकप्रिय च्याट एप फेसबुक म्यासेन्जर प्रयोग नगर्न आग्रह गरेका छन् । साइबर सुरक्षा विज्ञ ज्याक डोफम्यानले अर्को वर्ष (२०२२) सम्म इन्ड-टु-इन्ड इन्क्रिप्सन लागू नहुँदासम्म यसबाट टाढा रहन सुझाएका हुन् । अहिले फेसबुक म्यासेन्जर प्रयोग गरी च्याट गर्नु भनेको जोखिममा पर्नु हो ।
उनले लेखेका छन्, ‘हामी धेरैलाई थाहा नहुन सक्छ फेसबुक म्यासेन्जरमा हालसम्म इन्ड–टु–इन्ड इन्क्रिप्सन सेवा स्वतः रुपमा लागू गरिएको छैन । तपाईंले आफैंले सेटिङमा गएर यसलाई प्राइभेट कन्भर्सेसन गर्न भने सक्नुहुनेछ । तर, यो फिचर ग्रुप च्याटमा छैन ।’
‘तपाईंले आफ्ना व्यक्तिगत कुराकानी ह्वाट्सएप, सिंगललगायतका सुरक्षित एपबाट गर्न सक्नुहुन्छ,’ डोफम्यानले फोर्ब्समा लेख लेख्दै भनेका छन्, ‘सुन्दा अच्चम्म लाग्न सक्छ । तर, यो यथार्थ हो । अहिले दुई डिभाइसबाट म्यासेन्जरमा हुने कुराकानी तेस्रो पक्षले पहुँच राख्न सक्छ ।’
यो सुरक्षा कमजोरीको विषयमा फेसबुक कम्पनी पनि जानकार छ । केही समय अघिमात्रै उसले म्यासेन्जरमा पनि इन्ड–टु–इन्ड इन्क्रिप्सन सर्भिस उपलब्ध गराउने घोषणा गरेको छ । यो फिचर आगामी वर्ष २०२२ मा प्रयोगकर्तामाझ उपलब्ध हुने अपेक्षा गरिएको छ ।