२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुदलले शिक्षालाई व्यापारको वस्तु बनायो: महासचिव चन्द



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएको बताउनुभएको छ ।

सोमवार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजारमा पुगेको शिक्षाले समानता र अधिकार नहेर्ने बरु नाफा घाटा मात्रै हेर्ने उल्लेख गर्नुभयो ।

उहाँले २१ औं शताब्दी वैज्ञानिक व्यवस्थापनको शताब्दी रहेको भन्दै यो शताब्दी लुटेराहरुको शताब्दी हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले अहिले । युवाहरुमा वितृष्णा र निराशा छाएको भन्दै त्यसलाई अब चिर्नेगरी अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपालमा मुठीभर मान्छेका छोराछोरीहरुले मात्रै लाखौँ खर्च गरेर पढ्न पाउने र सामान्य नागरिकका छोराछारीले पढ्नै नपाउने अवस्था रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘२१ औं शताब्दी वैज्ञानिक व्यवस्थापनको शताब्दी हो, यो लुटेराहरुको शताब्दी हुन सक्दैन ।

यो हाम्रो चुनौति छ । युवाहरुमा वितृष्णा र निराशा छ, १५ वर्षसम्म हामीले हेर्‍यौं केही हुन सकेन, बहुदल आयो, बहुदलले स्वतन्त्रता त दियो तर शिक्षालाई बजारीकरण गरियो । शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकार हो । तर यो व्यवस्थाले शिक्षालाई बजारको वस्तु बनाइदियो । बजारमा पुर्‍यायो । बजारमा पुगेको शिक्षाले नाफा घाटा मात्रै हेर्छ, समानता र अधिकार हेर्दैन । आज नेपालमा मुठीभर मान्छेका छोराछोरीहरुले मात्रै लाखौँ खर्च गरेर पढ्नपर्नु र सामान्य नागरिकले पढ्न नपाउने, जिन्दगी नै बर्बाद हुने निराशातिर धकेलिने अवस्था देखापरेको छ ।’

महासचिव चन्दले देशको उपप्रधान तथा गृहमन्त्री बनेका व्यक्तिहरु दुई कौडीमा विदेशीको लिलाम भइरहेको बताउनु भयो ।