९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ?

जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ?
oplus_2
अ अ+ अ-

भक्तपुर। इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ भन्नुहुन्छ, भक्तपुर खुल्ला आकाशमुनिको सङ्ग्रहालय हो ।

कसैले जीवित सङ्ग्रहालय भन्छन् भने कसैले जीवित किताब भक्तपुरलाई । यसबाहेक इतिहासविद् जगदीशशमशेर राणाले भक्तपुरलाई नाचगानको सहर भनेर भन्नुहुन्थ्यो ।

जसले जे भने पनि भक्तपुर कलाकार नै कलाकारको नगर हो । रात्रिकालीन जीवन्त सांस्कृतिक प्रदर्शनी गर्ने गर्ने ठाउँ पनि हो यो । कतिलाई यो कुरा थाहा नहुन सक्छ तर भक्तपुरमा हरेक वर्ष गुन्हिपुुन्ही (जनैपूर्णिमा) को आठ रात नौ दिन यो सबै विषयवस्तु हेर्न सकिन्छ, त्यो पनि बिना शुल्क । गाईजात्राको चौथो दिनदेखि भक्तपुर नगरमा बाटोबाटोमा प्रत्यक्ष सांस्कृतिक कार्यक्रम हुने गर्दछ । यसमा नाच अनुसार बाजगाजा, गीतकार, कलाकारले प्रत्यक्ष प्रस्तुति दिने गर्दछ । यसलाई आधुनिक चल्नचल्ती भाषामा ‘लाइभ कन्र्सट’ पनि भन्न सकिन्छ ।

यसबेला भक्तपुरमा साँझ विभिन्न खालका नाचहरु हुन्छन् टोलटोलमा । फाकन्दली प्याखं, गाइचा प्याखँ, माक प्याखं, नागाँचा प्याखं, लाखे प्याखं, देवी नाँच, भैरव नाँच, कवांचा प्याखं, लुसिचा प्याख,ं जङ्गली प्याख, खिचा प्याख, ख्या प्याखं, मयुुर प्याख, लुसिचा प्याखं नाँच प्रदर्शन गर्ने प्रचलन रहेको छ । नेपाल भाषामा प्याखं भनेको नाच हो । साथै ख्यालअर्थात् नाटक पनि देखाइन्छ टोलटोलमा ।

विभिन्न समसामयिक विषयमा नेपाल भाषामा ख्याल प्रहसन पनि देखाइन्छ । यी सबै नाचमा परम्परागत पोसाक लगाउने गरिन्छ । यसबेला प्रायः नाचहरुमा मुखमा नाच अनुसारको मुुकुुण्ड लगाएर नाच्ने गरिन्छ । यसमा पाँच वर्षको बच्चादेखि ७० वर्षको वृद्धसम्मले भाग लिएको हुुन्छ । एउटा नाच कम्तिमा पाँचदेखि सात मिनेटको हुने गर्दछ ।

यो टोलटोलबाट प्रदर्शनी गर्न ल्याउने गरिन्छ । यसलाई भक्तपुर नगरभरि टोलटोलमा प्रदर्शनी गर्ने गरिन्छ । त्यसैले एकदिन हेर्न बिर्से पनि भोलिका दिन अर्को टोलमा गएर त्यही नाच हेर्न सक्नुहुन्छ । जुन टोलको नाच हो त्यो नाच दैनिक फरकफरक ठाउँमा देखाउँदै पूरै नगरभरि देखाउनुपर्छ । यही कारण दैनिक एकै ठाउँमा बसेर हेर्ने हो भने गाईजात्राभरिमा सबै नाच हेर्न सकिन्छ । प्रत्येक ठाउँमा दैनिक फरकफरक टोलीले नाच देखाएको हुन्छ ।

भक्तपुरका स्थानीयबासी बुढापाकाहरुका अनुसार भक्तपुरमा रात्रिकालीन सांस्कृतिक प्रदर्शनी धेरै वर्ष पहिलादेखि नै चल्दै आएको हो । पहिला हरेक टोलटोलमा सांस्कृतिक प्रदर्शनी गरिन्थ्यो । तर अहिले भने टोलटोलमा साथै मञ्च बनाएर भक्तपुरको विभिन्न ठाउँमा देखाइने गरिन्छ । यसबाहेक पनि भक्तपुर नगरका सार्वजनिक पाटीपौवाहरुमा वर्षभरि नै रात्रिकालीन भजन, सांस्कृतिक कार्यक्रम हुने गर्दै आएको छ ।
गत वर्ष भक्तपुरको दत्तात्रय र नासमना र भुुलाछेँमा भएको थियो भने यस वर्ष भक्तपुर नगरपालिका–९ सूर्यमढी, वडा नं ६ चोछँे र वडा नं ४ नासमनामा प्रदर्शनी हुुने बताइएको छ । भक्तपुर नगरपालिका–७ इनाचोका स्थानीय प्रविना बनमालाले यो गुन्हिपुन्ही (जनैपूर्णिमा) को चौथो दिनदेखि कृष्णअष्टमीसम्म हुने बताउनुुभयो । यसपालि भदौ १५ गतेदेखि १९ गतेसम्म हुने उहाँ बताउनुुहुन्छ ।

कतिपयले अहिले पनि भक्तपुरमा यसरी रात्रिकालीन सांस्कृतिक प्रदर्शनी हुन्छ भन्ने थाहा नहुने धेरै रहेको उहाँ सुनाउनुुहुन्छ । उहाँ थप्नुहुन्छ, “भक्तपुरको गाईजात्रा एकदिन होइन, बरु आठ रात नौ दिन हुने गर्दछ ।” गाईजात्राको प्रमुख दिन यहाँ दिनभरि जात्रा वा नाच हुने भए पनि अन्य दिन भने साँझको समयमा मात्रै हुन्छ । यो सांस्कृतिक कार्यक्रम साँझ ५ बजेदेखि राति १२ बजेसम्म हुने गर्दछ ।
तृतीयाको दिनदेखि भक्तपुरमा रात्रिकालीन सांस्कृतिक मेला लाग्ने गर्छ । भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले यस मेलामा कुनै पनि शुल्क नलाग्ने बताउनुुहुन्छ । यो एक ठाउँमा मात्र नभई टोलटोलमा हुने ज्याख्व बताउनुुहुन्छ । साथै, एकैदिन पनि ठाउँठाउँमा पनि खुल्ला रुपमा नाच हेर्न सकिने उहाँं बताउनुहुन्छ । सबै दर्शकको सुविधाका लागि नाचहरु डबलीडबलीमा देखाउने गरिन्छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति भक्तपुरका यस्ता मौलिक नाचहरुलाई नगरपालिकाले जगेर्ना गर्दै आएको बताउनुहुन्छ । यही कारण नाचहरुलाई जीवन्त बनाउन उत्कृष्ट नाचहरुलाई नगरपालिकाले नगदसहित पुरस्कृत गर्दै आएको उहाँं सुनाउनुहुन्छ ।

सांस्कृतिक परम्परालाई जोगाउन भन्दै २०७४ सालदेखि भक्तपुर नगरपालिकाले धे धे बाला कासा (सांस्कृतिक प्रतियोगिता) गर्दैै आएको जानकारी उहाँले गराउनुुभयो । यसका लागि नगरका ठाउँठाउँमा मञ्च राखेर नाच देखाउने र त्यसको मूल्याङ्कन गर्ने उहाँ सुनाउनुहुन्छ । पछि विश्व पर्यटन दिवसको अवसरमा उहाँहरुलाई नगदसहित सम्मान तथा पुुरस्कार वितरण गर्दै आएको उहाँले बताउनुुभयो । रासस