• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

नक्कली शरणार्थी प्रकरण: टोपबहादुरमाथि अनुसन्धान गर्न ३ दिनको समय माग



फाईल फोटो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले ३ दिनको समय मागेको छ ।

काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले रायमाझीमाथि अनुसन्धान गर्न तीन दिनको समय मागेको हो ।

उक्त प्रकरणमा वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १३ जना पक्राउ परिसकेका छन् ।